देश कसरी बन्छ ?

उपेन्द्र रेग्मी / कान्सास, अमेरिका

ब्रह्मा विष्णु उमापति शशिधरै देवादि देवेश्वर
यिन्मा भक्ति छ वन्दना दिनदिनै विघ्नादि विघ्नेश्वर ।
नक्षत्रादि शशाङ्क सूर्य सहितै भूम्यादि पाँचतत्वमा
गर्नू पूजन नै र बढ्नु अघि नै सत्कर्मका मार्गमा ।।

हामी ईश्वरकै सुपुत्र सब हौं छाँट्ने र राख्ने उनै
जोत् मल् जल् गरि रोपदा पनि लडे मुन्टो बटार्ने उनै ।
ठूलो ज्ञानि र योज्ञ विज्ञ म भनी छल्छाप् नगर्ने गरौं
मानिस् हौं कुविचार हुन्छ कहिले गल्ती सुधार्ने गरौं ।।

मैँ हूँ पूज्य र वीर छैन अरुता भन्ने बडो जोसले
मानिस्मा कुविचार बढ्दछ अती अज्ञानका सोचले ।
ढाँट्नु काट्नु र कुट्नु लुट्नु सब ती एक-मुस्ट पारौं सब
त्यस्ता सोच कदापि सोच्नु नहुने फालेर हेरौं अब ।।

पूज्ने पत्थर हुन्न त्यत्ति सजिलै खान्छन् अति ठक्कर
त्यस्तै मानिसमा नखाइ कहिल्यै हुन्नन् ठुलो ठक्कर ।
त्यस्कारण् असफल् भए पनि कहीँ हिम्मत् नहारौं अब
एक् जुट्भै अब लौ बड्यौं अघि भने पाइन्छ आशा सब ।।

एक्ला मानिसको हुँदैन घरलौ दाम्पत्य वीना अनि
घरले मात्र हँदैन तुष्टि सब लौ चाहिन्छ गाऊँ पनि ।
गाऊँगाउँ सबै मिलेर अनि पो त्यो दिव्य जिल्ला भयो
त्यस्ता दिव्यहरु अनेक् मिलिजुली अञ्चल् त पैदा भयो ।।

अञ्चल् अञ्चल पो अनेक् मिलिजुलि जन्मन्छ राज्यै बनी
राज्यैमा सुविचार राख अनि पो होइन्छ राजा पनि ।
यस्ता राष्ट्ररुपी यि बोटहरुमा मल्जल् सधैं गर्नु छ ।
फुल्ने फल्न सिकाउने धनि हुने माली छ भर्पर्नुछ ।।

आपस्मा झगडा कदापि नहवोस् रिस्राग् कसैमा नहोस्
बुद्धी सुद्ध हवोस् शरीर सुखि होस् मन् शान्तिमा रोकियोस् ।
देखें साफ र लेख्छु यी पदहरु आज्कल् म यो चल्तिमा
यो मेरो विनती चढाइ जनमा  माफ् माग्दछू गल्तिमा ।।

“शार्दूलविक्रीडित छन्द”

Leave a Reply

Your email address will not be published. Required fields are marked *