देश महिमा

डम्मर शमदर्शी काफ्ले
ओहायो, अमेरिका

कुलागाङ्ग्री विरहले भन्छिन् रोई हो।
भन्छन् मानस सुनकोशहरु सपुत खोइ ?
डाँडा काँडा हरित पहरा भन्छन् हे! मित आऊ ।
भन्छिन् भूटानले धुरु धुरु रुँदै नजाउ भाइ । ।
जलिएका दौरा-सुरुवालहरू बोलाउँदै छन् आज ।
आऊ आऊ हे देशबन्धुहरू हो! लाज बचाउ । ।
लुटिएका मूर्तीहरू बोलाउँदै छन् बिहान साँझ ।
आऊ हे शान्तिका पुजारी हो, उठ दीप साथ । ।
निमोठिएका छन् नेपालीहरूका भेष र भाषा पनि ।
कम्मर कस भाषा प्रेमीहरू हो संरक्षण गर्न भ नि । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *