देश र भाषा लोप भए

इन्द्र प्रकाश खवास 

अमेरिका
उ आई पुग्यो मेरो छेउमा
उसले आँखा  गाडी हेर्‍यो ममा
जादु खेल गर्‍यो कसले,
  कुन चाहिँ फुकी टुना मुना।
लोलायो सबै हात खुट्टा
चुढी लग्यो मुटु पनि ,
जिम्मा देऊ देशको सबै अबिभारहरु
बसिराख अशर्पी गनी–गनी!
पुरै बिर्सी कर्तव्य पथलाई
भोलि कहाँ जान्छौ बाबु लै–लै,
चिन्हे गर देश र जनतालाई
त्यही हुन्छ कर्णधार सन्ततिलाई!
टुहुरो समान थाप्नु पर्ला
झोली माथि झोली,
देश र भाषा लोप भए
बिहे देख्छौ बाबुको भोलि!”

Leave a Reply

Your email address will not be published. Required fields are marked *