देश सुतेको छ

JN Dahal is our author based in Pennsylvania, USA. He is one of the editors of Bhutaneseliterature.com.

कवि
कवि

जे एन दाहाल 
पेन्सिल्भिन्या, अमेरिका

म विउँझदा ..

पुरै शहर सुतेको छ

बत्ती बालेर

घुर्दै कोल्टे फेर्दै

बिहान सम्म !

म भर्खर बिसाएको

बिस किलोको ब्याग माथि

आँखा राख्दै हाँस्छु

अर्धचेतन मन लिएर

उतैको घडीमा

ओहो  !

जब थोरै होस् पस्छ

हाँस्न पनि आफ्ठ्यारो लाग्छ

किनकि

मान्छे सुतेकी रहेका छन् !

गाउँ,शहर र

पुरै देश सुतेको छ

बत्ती बालेर

घुर्दै कोल्टो फेर्दै

बिहान सम्म।

Leave a Reply

Your email address will not be published. Required fields are marked *