द फर्गटन स्टोरीज प्रकाशित 

लेखक सी एम निरौलाको पुस्तक दि फर्गटन स्टोरीज भर्खरै बजारमा आएको छ । अमेजन प्रिन्ट अन डिमान्ड मार्फत  सेल्फ पब्लीस बुक अहिले भुटानी समाजमा चर्चित छ ।
अङ्ग्रेजी भाषामा लिखित यस पुस्तकमा धेरै जसो अमेरिकी परिवेशका कथाहरू छन् । १७ वटा शीर्षकमा अध्याय छुटाइएको छ ।
सन् २०२३ मा बजारमा आएको पुस्तकको बिच बिचमा कविताहरू पनि आउँछन् । एउटा कथामा त पात्रको तस्बिर सम्म देख्न मिल्छ ।
पाठकलाई कथा र कविता एकै ठाउँ मिश्रित केही नौलो लाग्न सक्छ । सी एमले विगतको शरणार्थी जीवन, भुटानका केही घटना र अमेरिकी परिवेशका समस्या कथामा उतारेका छन् ।
यथार्थपरक लेखनी निरौलाको विशेष्यता हो ।
दि फर्गटन स्टोरीजमा ११८ वटा  पृष्ठ छन् । अनलाइन अध्ययन गर्ने पाठकहरूका लागी पुस्तक हाल अमेजन किण्डलमा पनि उपलब्ध छ ।
लेखक निरौलाको यस अघि ऐनामा देश कथा सङ्ग्रह प्रकाशन छ । पुस्तक आकारमा यो उनको दोस्रो कृति हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *