धन
मनोज बोगटी
दार्जीलिङ्ग, भारत
मकैका दाना हुन् कि अक्षरहरू
भुरुरु उम्रेका छन्
खेतको पन्नामा।
त्यो निरक्षर कृषकको आँखाले के पढ़्दै होलान्?
वर्षौंपछि खेतमा अक्षर उम्रेको
कति राम्रो देखियो।
हगी?
पढ़ी गुनी के काम हलो जोती माम-ले पनि
कोट खोलेर पढ्दैछ त्यो
खेतमा लेखिन थालेको
अक्षरहरूको कविता।
अब अक्षरले नै थाम्ने भयो
हलो, हातमा।
बीउ र अक्षर
माटो र पन्ना
पसीना र मसीको यो नयॉं गाउँमा
तिमी पाठक पनि किसान
म सर्जक पनि किसान।
अब हामीसित कविता छ
यो भन्दा ठूलो सम्पति के छ?
Salaam Kabiji,
I am immensely impressed by the way of your allegoric contradiction in your beautiful creation as of this poem. I truely loved reading your poems including the one in the last episode. You definitely owe a lot to the readers.
By the way, are you a product of St. Roberts? Your cardigon looks so, sorry if not.
Sincerely,
Yam Kharel
USA
कविता मन पराइदिनुभएकोमा धेरै धन्यवाद है, यामजी। तपाईंको कवितापठनले म पनि प्रभावित बनें। तपाईँको यस्तै प्रतिक्रियाहरू पाइरहुँ। अनि रामजी म सन्त रोबट्र्सको प्रोडक्ट होइन। रोङ्गो कुलैनबारीको गैरीबास उच्चविद्यालयको प्रोडक्ट हुँ।
भेट हुँदै गरोस्।
my email.bogati_hd08@yahoo.com
please visit. arohan-arohan.blogspot.com
मनोज बोगटी