नतिजा
भानु ढुङ्गाना
क्यानडा
सधैँ झुपडीमा बसेर धनीहरूको अपत्यारिलो हुनु पर्यो!
बल खाएर सबल हुन नदिनेहरूका बिचमा घोडा भएर बाँच्नु पर्ने। बिसको पच्चिस मात्र नभएर मौका पर्दा तिस पनि लिने गरे। ऋण लिन रहर कसैलाई हुँदैन, नभएपछि बाध्यता हो त्यो । तिर्नु पनि परो जिजीविषा भएपछि । उनीहरूकै आश्रित बन्नु पर्यो। कतै ऋण लिनु पर्ने भयो, श्रीमतीको नाकको ढुङ्ग्री मुन्द्री पनि खोल्नै पर्ने भयो महाजनहरूकै बाक्सामा राख्न। फेरि थोरै भयो भनेर कानका पनि खोलेर ब्याजमा धरौटी राख्नै पर्ने भयो। साहू-महाजनकै अधीनमा दसै तिहार मान्नु परो। छोरा छोरीले रमाउने कुरा महाजनकै बाक्सामा थन्किएर गयो।
उनीहरूकै अरौटे हुनु पर्ने भयो । धुपौरे पनि उनीहरूकै हुनु पर्ने। चाकडी नगरे गन्ती विनाकै हुन आइँने। गाउँका पूर्व आसेपासेहरू पनि उनीहरूकै पछाडि लाग्ने। युगअनुरूप विकाश गर्ने मनको मानिसले पनि उनीहरूलाई नै सोध्नै पर्ने। युगका सिकार भएर स्वानको जस्तै जिन्दगी जिउनु पर्ने भयो। बारीमा बाँदर पसो भने धपाउने हामी नै हुनु पर्ने। काम गर्ने कालु , नाम छर्ने ठालु। सधैँ अभिजात्य प्रवृत्तिलाई नै जदौ गर्नै पर्ने। काम आफू गर्नु पर्ने अनि निर्णय उनीहरूको स्विकार्नु पर्ने। के यो हजारौँ हजार वर्षअगाडिको युग हो ? ढोँगी र चाकडी गर्ने समय होइन यो अब। डोरी लगाएका अफ्रिकी नागरिक घिसिए जस्तो दासत्वको समय अझै छ र ? पुराना कथा सुन्दैमा हजारौँ सपना लुटिएको जस्तो। घरमा भर्खर जन्मिएको नानी छ। विधिले आमालाई चुँडाएर लगेको वियोगमा नानी रोई रहेको सुन्दासुन्दै पनि तेरौँ दिनका दिन भावुक भएका बाबुले प्रथाको पछि लागेर आमाको सट्टामा दूध दिने गाईलाई दान गर्दैगर्दा पुरेत पढेर, आमाको दूध चुस्ने नानीको मुख सुकाएर नानीको भाग्य नै छोट्याउदै गाई दान गर्दैगर्दा तानेर पुरोहितले ल्याइ मागे जस्तो ! अाफ्नु भाग्य पनि उनीहरूलाई पुर्याउनै पर्ने ।यदि पुरोहित थियौ भने साँच्चै त्यो पुरेतको नभएर यो नाबालक नानीको आमा हुन् तिनी गाई माता! उनकै निम्ति राख म लादिन भन्नु पर्थेन ? परोपकारको पाठ पड्दै गर्दा त्यो कुरालाई कसरी छलियो त !
कस्तो अभिजात्यहरूको मन त्यस्तो ।अहँ ! अब यसरी हुँदैन अगाडि लाग्नै पर्छ। एक्काइसौँ शताब्दीले त्यसरी पछि नबस अगाडि बढेर आफ्नै शक्तिको विकाश गर्दै जोस लिएर काम गर्ने जागरणको नवयुग भन्दै गरेको समय हो अब। विकाश होस समाजमा, नगरहरूमा, बस्ती_बस्तीहरूमा। नवयुगले यसै भनेपनि, तर त्यो चाहँदैनथे पुरातन अभिजात्य पञ्जरो प्रवृत्तिका मालिकहरूले। अब यसलाई नछोडेसम्म हामी सधैँ यथास्थितिवादीका जरामै हराइ रहने छौँ। अब हामीले नौतन युगको नौतन विकाश गर्दै जानलाई यथास्थितिको क्रमभंग गरेर छड्के फड्को हानेर पनि अगाडि बढ्नै पर्छ। आफ्नू घर बनाउन आफ्नै मनको विकाश गर्ने हो अब। यस पटक जस्तो सुकै चुनौती आइलागे पनि त्यसको सामना जसरी पनि गरेर, कठिन खाएर हुन्छ कि, कम कपडा फेरेर लाएर हुन्छ कि , जसरी पनि घर जस्तै घर बनाउनु छ । घर बनाउने मन बनाएकै हो अब।
यो कुनै गाउँका एक गरिब किसानको निर्णायक अठोटको विकसित सोच थियो। मनबाट सोचेको सोचलाई व्यवहारमा ल्याउँछन् किसान भूमिभक्त (नवीन प्रभात)।
सबै कुराको बन्दोबस्त मिलाएर, किसान घर बनाउने रहरमा जुट्दै गए। इच्छालाई जगाएर कर्ममा पुर्याउदै तयार भए किसान।
अब परिवारका अन्य सदस्यहरूलाई पनि सोध्नु उनको अन्तिम निर्णय भयो। अन्तमा घर बनाउने कुरा हो, हामी घर बनाउँछौँ है अब।, बेलुकाको शुभ सन्ध्याहाको समयमा श्रीमती र बढेका जेठा १ छोरा र १ छोरीलाई। अरू दुईजना छोरो र छोरी सानै थिए। छोरा छोरी साना थिए, तर पनि कुरा रामरी बुझ्ने भएका हुँदा, घर घर भन्दै खुसी ! भए। किन कि पानी परेको वेला उनीहरूले पटक पटक भिजेर बस्नु परेको पिडा थियो। चिसोमा सुतेको कथा थियो।
हुरी चलेको बेला डराउँदै बस्नु परेको त्रास थियो। त्यति मात्र नभएर अलि वर परका घरहरू उनीहरूका भन्दा धेरै ठुला र राम्रा अनि महल परेका र रमाइला पनि थिए। तर, त्यहाँ जाँदा , महाजनहरूले गाली गर्दै यी केटा केटीले घर बिगार्छन् है भनेर पर पर जाओ भनी हच्काइको आत्मा ग्लानिको अनुभवसँगै थिए।बाल मनो विज्ञानमा परेको चोट थियो। गरिवका छोरा छोरी भनेको रोदन थियो।
यतिकैमा श्रीमतीले भनिन्, हामीलाई सबै आउँदैन। घर बनाउने काम हो, सोचेर र विचार पुर्याएर गर्नु पर्छ। यसको लागि महाजनरूलाई सोध्नु पर्छ। श्रीमतीले, यतिभनेपछि, भोलिपल्ट सबेरै देखि किसान महाजनहरूको इन्तजारमा गए।
पहिलो ब्याक्ति गाउँका मुखिया राम नारायणलाई भेटेर सोधे। उनले भनिदिए कि, “हेर यो काम सजिलो छैन। हँसिया निल्न सजिलो छ तर , मलद्वार बनाएर निकाल्नु पर्छ,। गारो हुन्छ ,विचार गर्नु पर्छ भोलि पर्सितिर हेरौँला।” “हुन्छ हजुर ” भनेर किसान फेरि अरूहरूको पनि सुझाव बटुल्दै काँकि चार जनालाई भेटेर राय लिँदै किसान फर्किदिए घरमा। कसैले के भने कसैले के सल्लाह दिए कस्तो, तर पनि किसानले निश्चित समय र दिन तोकेर अगाडि बढेका हुँदा
आफुले सोचेका जति सबैलाई डाकेर ल्याए। नभन्दै पाँच पञ्च जस्तै पाँच बुढा आए।
किसानले घर यहाँ बनाउने मेरो बिचार हो भनेर घडेरी पनि देखाए। झट्टै बोल्दै, त्यहाँ हुँदैन, बनाउने भए यहाँ बनाउनु भन्दिए आएका मध्यका ती अघि हँसियाको उदाहरण दिने मानिसले। अर्को निस्कियो सुरवीर जस्तै गरी र कहाँ त्यहाँ हुन्छ, बरु यहाँ बनाएको राम्रो भन्न थालो। त्यसलाई पनि छड्क्याउँदै अर्को आयो र यो दुइटै ठाउँ गलत छ। बनाउने नै हो भने अहिले घर बनाउने समय होइन। तीन महिना पछि बनाउनु राम्रो। ठाउँ पनि त्यति वेलै भनौँला मैले विचार काटिसकेँ अब । बिचरा ! किसानको सपना टुक्राउन लागे दुष्ट मालिकहरू। किसानको ज्ञानको ठगी बन्दै चतुर्याईं गर्न तँछाडमछाड र मैछाडमा पसेका छन् मनका गरिब धनेहरू। नाटकै नाटकमा योजना मेटाइदिने प्रयास थियो त्यो दिनको। यसै पनि तीन महिना पर गयो। अब तीन महिना पछि फेरि बर्खा लाग्दै छ। किसान सोचाइमा पर्दै गए। निराश जस्तो देखिँदै गए। धनीहरूको इच्छाले ठाउँ पाए झैँ देखाइदिए किसानले पनि। तर हरेस भने किन खान्थे र, बरु अझै डटेर लागे। लगाए अब बुद्धि किसानले।
अब किसानको बारेमा गाउँ भरिनै बहसको विषय हुँदै गयो। तीन महिना पनि बित्यो। बर्खा पनि लागो। त्यो बर्खा पनि दुष्ट महाजनहरूले किसानलाई हलीको रूपमा घुमाई घुमाई जोतेर हैरान बनाए। किसानको सपना घर बनाउनु थियो। तर किसान सधा भन्दा अलि कम बोल्ने बानी बसाउँदै गए। धनी हौँ भन्नेहरू आफ्नै तालमा थिए। किसानको जोड थियो पैसा थप थाप गर्दै लगे। योजनालाई मजबुत बनाउँदै लगे।
अर्को हिउँद लागो। महाजनहरू किसानको घर बनाउने योजनाको तगारो कसरी लगाउन सकिन्छ र हामी मालिक कसरी रही रहन्छौँ भन्दै कसरतमा थिए। एक दिन किसानकी श्रीमतीले सोचिन र श्रीमानलाई भनिन्, म अब हाम्रो घर बनिन नसक्नुको कारण खोज्दै गाउँमा तिनै महाजनहरूका श्रीमती लगायत आसे पासे महिलाहरूसित आन्तरिकता बुझ्दछु भनेर उनीहरूकै घरमा पुग्छिन्। र केही समय भित्रनै कुरै कुरामा उनिले बुझिन् कि यिनीहरूले हामीलाई घरमा बसेको भन्दा झुपडी भित्रको पिडामै राख्न चाहन्छन्। उनका पतिहरू त्यस्तै कुरा गर्दा रहेछन्। कारण उनीहरूलाई ढोग्नेहरूको खाँचो हुन्छ। लर्का सर्काले त्यसै नै भनेको दोहोर्याइ तेहर्याई पनि आशय त्यही बुझिन्। त्यसपछि घरमा आएर श्रीमानलाई भनिन् कि अब यिनीहरूलाई नसोधी घर बनाउनु पर्छ।। नत्र हामीलाई यिनीहरूले घरमा बसेको देख्न नचाहने कुरा मैले बुझेँ। सोधी हाले भने पनि, जमिन बेचियो र अरूले नै बनाउने योजनाको घर हो , हामी त वसाँइ जादैछौँ भनौँ । र कसैलाई घर बनाउन लगाउनु पर्छ भन्छिन्। श्रीमतीको असल सल्लाह नै उत्तम उपाय भयो । अब घर बनाउने सपना साकार तुल्याउन किसान निर्णय लिएर घर बनाउन अनुभवी मित्रहरूको खोजीमा निस्किए। नभन्दै सात जनाको एउटा समुहनै थिए छ पल्लो गाउँमा ।
किसानले भेटेर भने कि, “भाइ हो, मैले पक्की घर बनाउने भएँ ठिका दिनु परो भनेर आएको।”
अनुभवी मिस्त्रीले भने, “कति तले र कति कोठे ?”
“तीन तले र चार कोठे। भोजनालय तथा शौचालय पनि भित्रै भएको र कपडा धुन पनि सुविधा भएको । तर, निकै अलग अलगमा हुनु पर्छ।”
“हुन्छ मैले कुरा बुझेँ हामी तपाईको घर बनाई दिन्छौँ। तर, एउटा सर्त राख्ने हो।”
किसान “के होला सर्त ?”
“तपाईको गाउँमा कुनै पनि काम गर्दा त्यहाँका महाजन भनाउँदा, मनका गरिबहरूलाई सोध्नु पर्दो रहेछ। त्यसै हो भने चैँ हामी तपाईको घर बनाउन सक्दैनौँ। यो पक्का हो। हामी अस्ति नै परेका छौँ।”
किसानले भने । “उनीहरूलाई सोध्ने भएरै पछि परेको हुँ । नत्र हाम्रो घर गत साल नै बनिने निश्चित थियो। उनीहरूलाई सोध्ने भएरै यति टाँगिएको हो। अव उहाँहरूले हाम्रो घर बनिएर हामी घरभित्र बसेपछि मात्र थाहा पाउने योजनामा छ। त्यसैले तपाईँहरूलाई भन्न आएको हुँ। चिन्ता मान्नै पर्दैन । बरु मजदुरहरूलाई उनीहरूले सोधे भनेपनि मेरो घर नभनेर आफ्नै भन्दिनु होला।”
“उनीहरू अब हाम्रा हातका औँला भन्दा बाहिरका हुन्। ल हुन्छ उसो भएपछि एक साता भित्रै घर बनाई सकेर तपाइलाई बुझाउँला।” त्यसपछि धमाधम भोलि देखिनै घर बनिदै गयो। सबै सामाग्री जुटेकै थियो, नभन्दै साता भित्रमा घर तयार भएर किसानले जिम्मा पनि लिए। कामको दाम पनि उचित हिसाबले दिए। घर बनाइदिनेहरू पनि खुसी भए। किसान घर भित्र पसेर बसे पनि। त्यसपछि महाजनहरू हौँ भन्दै हिँड्ने, मनका गरिबहरू एकाएक छड्किदै पर परको बाटो भएर टाडिदै लुक्तै हिँड्न थालेछन्। जब कि उनीहरू अरूको उपलब्धि एवं भलो भएको पटक्कै देख्न चाहँदैनथे। अब किसानको जाँगर र सकृयतालाई देखेर समाजमा निकै खुसीको लहर चल्दै गयो।
यस भन्दा अगाडि जोताहा किसानको पसिना चुस्नेहरूकै हालिमुलि थियो। बिस्तारै जोताहा किसानलाई समयले उठाउँदै लगेपछि गाउँका अरूहरूमा उत्साह जाग्दै गयो। तब सबै गरिबहरू मिलेर आजको समानतावादी समाजको विकास गर्दै अगाडि बढ्दै गए। दलाल नोकरी, बस्नु पर्ने बाध्यताबाट समाजलाई उठाउँदै उचित हाँजिरा र समान व्यवहार गर्दै किसानले समाजको मुहार नै फेरि दिएपछि आज मन विनाका धनीहरू हराउँदै गएका हुन्।
तब गाउँ पनि राम्रो हुँदै गयो र दाषत्वपनि हटी गयो। किसानहरूले हामी पनि जाग्न सक्छौँ भनेर लाग्ने ऊर्जाको पनि विकाश भयो। आफ्नै सृजनाले आफ्नै संसार बनाउन सहज पनि भयो।
यहाँ किसानले मन गरेकैले समाजमा गरिबी हट्दै गयो र सबैमा चेतना जागेर आफै गरिखान सक्ने भए। अब आफ्नु कमाइ मालिकलाई दिनु परेन। छोरा छोरीको मुहारमा मुस्कान छायो !
किसानले आफूलाई आफै उठाउन सके। किसानका छोरा छोरी पनि समाजका सहयोगी र मनकारी समाज सेवी पनि हुँदै आए। यो सबै अठोट र कडा परिश्रम। मेहनत र लगनशीलता अनि निराश नभै अडिग भएर लागि परेकैले हो। श्रीमतीको साथ, एकाकार तारतम्यको फल । यहाँसम्म आइपुग्दा पनि समाजले धनीहरूकै गोठालो, खेतालो गरिनै रहने दिन थियो। जब कि किसानमा जुन किसिमको मन पलाउनु र श्रीमतीले बाटो देखाउनु नै आजको समाज उठ्नुको मुख्य श्रोत हो।
कारण, जहिले पनि धनी भन्ने तर घमन्डी मनका गरिबहरूले आफ्नु नासिने धनको तुजुकमा गरिबको सपनालाई कहिल्यै पनि उठ्न दिँदैनथे। त्यसैले गर्दा सामाजिक नेतृत्वको होस वा कुनै पनि काम गर्दा पुर्ख्यौली सम्पत्तिबाटै अघिवडेको र मन नभएको नेतृत्वको पछि लाग्नु भन्दा, दु:ख बुझेको र मन भएको स्वाभिमानी अपनत्वशिल मानिससित राय सुझाव लिनु र उनीहरू जस्तै कै नेतृत्व पनि लिनु चैँ कार्यसफलताको माध्यम हो। उसको नेतृत्वमा अगि बढ्नु नै राम्रो हो।
उस्ताहरू सित त केवल भूमिका खेल्दा पनि एक पटक सोध्ने विचार बुझ्न मात्र। आवश्यक सल्लाह आएमा साथ लिने तर विचार गर्दै । सहज भए सँगै जाने नत्र भने पञ्जरो प्रवृत्तिलाई त्यही छोड्ने काम नगरेसम्म अभिजात्य जालोमै हराइन्छ। हराइ रहिन्छ। समयको मागलाई सम्बोधन गर्न र समाजलाई केही दिन नसक्नु नै कु कृत्यको चलनलाई यथास्थितिमा पालि राख्नु हो। यदि त्यसो नगर्नु थियो भने किसान सधैँ भरि मनका गरिब धनका तुजुक पुरातन दलालकै दास बनेर कहिल्यै घरको आनन्द लिन र समाजमा स्थापित हुन सक्दैन थे।
श्रीमतीको चतुर्याईंले श्रीमानलाई सहज हुनु र वैकल्पिक उपायले आज गरिबको घर पनि बनियो। त्यहाँ घर मात्र हैन आफ्नै गोडामा उभिन सकिने आधारपनि बन्यो। धनीको दास हुनेबाट छुटकारा पनि पाइयो। छोरा छोरीहरूले पनि खुसी जीवन पाए। परिवारको इच्छा पनि पुरा भयो। समाजमा अर्को घर पनि देखियो। सामाजिक विकाशले फड्को पनि लियो। गाउँका अरू गरिबहरू पनि जाग्न सक्ने, उदाहरण पनि देखियो। झुपडी यता टालो उता टालो , टाल्दा टाल्दै अलि अलि जमेको पैसा पनि अधुरो टलाइमै सकिन्थ्यो । अब त्यो पनि परेन। पैसाको पनि बचत हुने भयो। लागेको बाँकी एक मुष्ठ तिरेर किसानको रहरले सहर बन्दै गयो। तर , मनका गरिब धनका तालहरूले गाउँको मुहार कहिल्यै नफेरेको आज गरिबका मनले नै फेरियो।
अब गाउँ गाउँमा गरिवका घर बन्नु पर्छ। गरिब जुटेर गरिबै जुटाउँदै मनका धनीको असल सहयोग भावनाकै समाज बन्नु पर्छ। परिवेश बदलिनु पर्छ। सहर सुन्दर हुनु पर्छ। व्यक्ति साँढे हैन समाजै समृद्धि हुनु पर्छ।
व्यक्तिको घोडा हैन, देशको सुपुत्र, सुपुत्री भएर देखिनु पर्छ। गाउँमा भित्रको ,एउटाको घरमा कुइने रासन नभएर देशकै समृद्धि सम्पन्न हुनु पर्छ। कमाएको अन्न धनीको ढिकुमा हैन निमुखा गरिवका मुखमा पुग्नु पर्छ। यसरी अब किसानले सबैलाई उठाउँदै गाउँ वनाउदै सहर बनाए। सहर विकाश गर्दै देशकै विकाश गरे। अन्तमा ती पुराना धनी हौँ भन्नेहरू एकाएक ओझेल पर्दै गए। परलोक हुँदा पनि दुई चार जनालाई मात्र थाहा भयो । अति आश्रितहरूमात्र भेलिए।तर , ती त्यस्ता मनकारी किसानहरू अरूहरूपनि बिस्तारै थपिएकाहरूले प्राण त्याग्दा हजारौँले थाहा पाए र विशाल उपस्थितमा भौतिक शरीर मात्र बिदा गरे। तर ,सम्झना र उनका योगदानलाई अमर सम्झनाको सुचीमा साँची दिए। पुराना धनीहरू हौँ भन्नेहरूको आज कसले सम्झना गर्छ,?
मनकारीहरू मरेर पनि बाँचिरहेकै पाइन्छन्। उनीहरूको इतिहास लेखियो।
तर मन विनाका धनमुखेहरूको नाम कतै पनि आएन।
अब हामी पनि आफूले चाहिँदो खाएर र लाएर
आफूले कमाएको मध्यबाट केही प्रतिशत रकमले गरिबी ,दीन दुखी , अनाथ , रोगीहरू र घर नभएकाहरूका लागी सहयोगी मनको सेतु भएर लाग्नु पर्छ।
परोपकारमा दान गर्नु नै पुन्य हो। यो पाठ नै समाजवादको सृजनशील बाटो हो।
अबको समाजले यिनै यिनै मानवतावादी धर्म कर्मकै नेतृत्वको भूमिका खेल्दै जानु पर्छ। समुदायलाई नै सत्कर्म गर्दै जानु पर्छ। संकिर्ण नातावाद कृयाबाद भन्दा ठुलो कर्म छ त्यो नै हो आम समुदायकै हात र साथ।जातीयता र सम्प्रदाय भन्दा अलि माथिको महान् मार्ग हो, मानवतावादको सेवा।
क्रमशः..
००