नव वर्ष

दधीराम लामीटारे
नर्थ डाकोटा


आयो यो नव वर्ष पूर्ण शशिझैं चम्केर यो धर्तिमा
इष्र्या द्रोह कलंक जो छ अघिको मैलो बडारी कन ।
त्याग्नेछन् जनले अभद्र पटिका दुश्कर्मका गाङ्गल
ज्ञान्को ज्योति जलाउँदै अघिबडौ संसार हो जङ्गल ।।


घर् घर्मा र समाज राष्ट्रहरुमा सम्पूर्ण यो विश्वमा
मौलावस् सुख शान्ति भूतलभरी उर्लेर जाहाँ तहाँ ।
राम्रो प्रेम सुगन्ध फैलिन पुगोस् विश्वासको लोकमा
जन्ता हात मिलाइ अग्रसर हुन् यो राष्ट्रनिर्माणमा ।।

जे जस्ता अघि वैर भाव पटिका बिर्सेर सारा कुरा
लागून् उन्नति तर्फ मानिसहरु त्यागे र तन्द्रा पुरा ।
यौटै त्रास छ मृत्युको जगतमा हत्या र हिंसा हुँदा
दीर्घायू सबमा दिऊन् खुशि भई श्री शेष शाही सदा ।।

बाँचून् जीव सदैव यो प्रकृतिमा सौभाग्य पाई कन
आयूसम्म रहेर उन्नति गरुन् आप्नो स्वधर्मी पना ।
त्रिभागी अनि योगिनी शनि दसा आठौं र बाह्रौ हुँने
खूशी भै कन लाभ कारक बनी निर्विघ्न पारी दिने ।।

प्यारा इष्ट र मित्र बन्धुहरुमा सत्धर्म प्रेमी कन
वा आमा गुरु गन्य मान्य जतिछन् आफ्ना हितैषी जन ।
मौकाले सबका अगाडि मइले गर्दै छु यो वन्दना
ल्याओस् यो नव वर्षले सकलमा नौलो शुभोकामना ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *