नारी जीवन

जय हुमागाईँ
क्यानेडा

अनमोल र महान् छ नारी जीवन
नारी हुन् माया नारी हुन् योवन ।
नारी हुन सृष्टि पावन धर्ती
नारी हुन मोती ज्ञान कोशको ज्योति ।।

नारी हुन् शान्तिको शीतल छाया।
नारी हुन चोखो निःस्वार्थ पवित्र माया ।
नारी हुन् जगत भर्ने सन्तानोत्पत्ति
नारी हुन प्राणदायिनी सुखप्रदायति ।।

नारी हुन् वैशाखे हरियाली पाखा
नारी हुन् दिव्य दृष्टि तेजस्वी आँखा ।
नारी हुन् साँझ-बिहान आगो र पानी
नारी हुन् अनमोल कृपा ममताकी खानी ।।

नारी हुन् कलम चलाउने, निलो मसी
नारी हुन् तृष्णा अति मिलन सखी ।
नारी हुन् सन्तानको पहिलो मूल भाषा
नारी हुन् विद्याकी देवी सरस्वती माता ।।

नारी हुन् ऊर्जा दिने पोसिलो आस
नारी हुन् तीर्थ अमृत सन्तोषको रास ।
नारी हुन् रमणीय सुन्दर फाँटिलो पार्क
नारी हुन् अलकापुरीको आनन्दित काख ।।

नारी हुन् दियालो ज्ञानगुणका कोष
नारी हुन् अनुपम हर्ष अतृप्त उल्लास ।
रथरूपी जीवनको महारथी हुन् नारी
नारी हुन् मिठो सुर -ताल बिगुलकी धुनी ।।

नारी हुन् वृक्षको लटरम्म फलेका हाँगा
नारी हुन् लहरा, कन्दरा, झर्ना र छाँगा ।
नारी हुन् ठण्डायामको मिठो पारिलो घाम
नारी हुन् मोठ मन्दिर, देउराली, चौतारी र धाम ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *