नारी दिवस
भूमिका दुलाल अधिकारी
युटा, अमेरिका
ऐना हेरी आफ्नै लागि मीठो हाँसो हाँसी हेर,
दुईपल ज़िन्दगीमा खुद्क़ो लागी बाँची हेर।
नदोसेर कसैलाई, तिम्रा खुसीहरू नभेटिँदा ,
आफ्नै दिल र दिमागमा कमीहरू खोजी हेर।
अरू सँगै आफ़्नो लागि थोरै हाँसो हाँस्ने गर,
तिमीले गर्दा बन्छ समाज, तिमीबिना हुन्न घर।
जानी आफ़्नो क्षमतालाई सही दिसा पैल्याएर,
प्रत्येक वर्ष नारी दिवस हाँसी-ख़ुशी मान्ने गर ।