“निर्मला”

कवि

रूप पोख्रेल
पेन्सिलभेनिया, अमेरिका

बारीभरि तिम्रै सम्झनामा फुलेका सप्तरङ्गी
सयपत्री र मखमलीका थुँगा हुँदै
हरेक नेपालीको निधार र गला खोज्दै
चेली-माइतीको  प्रतिक तिहार
घर आगँनमा प्रतिबिम्ब बनेर मुस्कुराउँन थाल्यो निर्मला !
दुर्भाग्य
सय अध्यारा दिन अधि
यही तिहार मनभरि सम्झँदै
तिम्रा र तिम्रा जस्तै हातले रोपेका अनगिन्ती
सयपत्री र मखमलीका थुँगा थुँगाले चोखिन
सिंहदरबार हुँदै
बादल मार्फत् निगाहा हुने गहुत पर्खेर
अझै छोपो ‍ओडिहरनु परेको छ ।
त्यस छण-
तिमीले आफ्ना बस्त्र च्यातिँदै गर्दा
निर्दयी हातले तिम्रो अस्मिता चिथोर्दै गर्दा
तिमीले धर्ती वायु आकाश साक्षी राखेर
प्राणको भीख  माग्यौ
दाइ.. नगर्नु नी!
अङ्कल प्लीज !
के के भनेउ…
… आइया … पानी ..पानी.. भन्दै गर्दा
एउटा हातले तिम्रो मुख थुन्दै
अर्का हातले
‘इज्जतीला’ लुगाका बाउलाले
कृतिम पसिना पुछ्तै गर्ने
‘त्यो’ कसैको माइतीले
निर्लज्ज भाइटीका लगाउन पाउने भो- निर्मला !
भर्खरै चिरन्जीवी रहेस्
सदा सुखी रहेस् भन्ने आशीष पनि पायो
अब अन्जानमै
तिमी जस्तै चेलीबाट
तेलको रेखी लगाइ मागेर
सबै तगाराहरूमा छेकाबार लगाइ माग्दै छ
ऊ चारदाँते लक्का साँडे हुँदै छ !
के भनौ निर्मला ..!!
खोइ कसको श्राप परेको छ पवित्र देशमा ?
एउटा रावण थपिएको छ !
यस घडी-
तिम्रा बाबाआमा
तिम्रो छटपटीले धर्ती हल्लिंदा
भुइँचालोले चर्काएको छातीमा हात राखेर
ढलेको धरहराको मजेरीबाट
सिंहदरबार भित्र मडारिएको बादल
पुकारिरहेका छन- निर्मला !

2 Replies to ““निर्मला””

  1. Anonymous

    अति सुन्दर सृजना , संकार संस्कृति एवं सामाजिक दायित्वप्रतिको जिम्मेवारीमा बिगतको राजनैतिकले लत्यएको प्रति ठाडो औंला उठाएको परिदृश्य बिम्बित कविताले त्यस ताका चाहाड पर्व मनाउन पाउने नपाउनेको प्रतिद्वन्दात्मक षंघर्स समाप्त भएको उल्लेख भएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *