निर्माणाधीन मन

कवि
कवि

ईशोर ढकाल
नर्थ क्यारोलाईना, अमेरिका

जिउँने सङ्घर्षमा
भयानक हुरिबताससङ्ग
बिजुली चम्किदै मेघ गर्जिरहेको बेला
कानै चिरिने गरी चर्को बज्रको आवाजमा
झस्किएर दिउँसै रातको निरवतामा
बतासिन्छ बिचरा
यो मन ।

कहाँ पुग्छ वा पुग्दैन
कुनै विन्दु वा परिधि छैन
कताबाट आहाराको वासना आउँदै छ
केही चाल पाउँन सम्म सक्दैन ।
आफ्नो बास उठेका
पिडाको भारी बोकेर
मस्तिष्कमा आफ्नो परिवेश्
परिवारबाट छुट्टिनुको बेग्लेइ
तितो अप्रत्यशित सोचहरू बटुलेर
कसैको आँगन र सँघारमा
टेक्ने हिम्मत गर्दैन ।
बेगिएर सगरमाथामै
ठोकियो भनेत ठिकै हो,
माउन्ट हर्मोन र माउन्ट केटुमा ठोक्किन पुग्यो भने ?
सुनकोस, मानस र कोसीमा बहँदा
स्वर्गको अनुभूति होला ।
शार्कहरु भोकले यत्रतत्र मुख बाउँदै पौडी रहँदा
ठुलो महासागरमा पर्‍यो भने ?
मानिसले मानिसलाई काटेर बगेको रगतको
दहमा पर्‍यो भने
अस्तित्वको पाठ कसले सिकाउँछ ?
कल्पनै गर्न नसकिने
मुक्तिको खोजीमा
बिचरा !
यो मन ।
अनगन्ति अप्ठ्याराहरूको पर्खाल
छिचोल्दै आफ्नो रहरहरू पुरा गर्न
सपनाको भारी ओसार्दै छ
हरेक रात ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *