निर्वाण
फर्केर नहेर्नू
फर्केर नआउनू
जानू, सधैँलाई जानू
जुन ज्योतिपुञ्ज स्रोतबाट आएका थियौ
आखिर यहाँ-
दुःख र कष्ट
रोग र अभाव
द्वेष र हिंसा …
यस्तै, यस्तै भोगिरहनु पर्छ
समुन्द्रले बाटो छेक्दा
भिरले बाटो रोक्दा
काखीमा राखेको पंखहरु फहराई
उडेर जानू
फर्केर नहेर्नू
फर्केर न आउनू
त्यहाँ, मलाई लाग्छ –
भौगोलिक रेखामा युद्ध लड्नु पर्दैन
कोही कुम्लो च्यापेर लखेटिनु पर्दैन
एउटा जात
एउटा भाषा
झन्डाहरु हुँदैनन्
जे छ – साझा
फर्केर नहेर्नू
फर्केर न आउनू
I read it, try to understand, get something. cant be expressed.
कबिताले मन छुएर मस्तिस्कलाई मानव सृस्टि बारे सोच्न आह्वान गरे जस्तो मलाई लग्यो।
कबिता सुन्दर गतीमा सलल बगेकोछ ।कवि मनबाट श्रीजना भएको कबिता मलाई मन साह्रै पर्यो।
निरन्तर्ताको कामना छ।
Sanchamanji , you are one of the great artic that u art in writing. I am very glad to read your article which you express the total man soul of your poem. It is superlative one not other. Plz go on writing la.