नेपालीका ०६ ऋतुमा बाछिटा
आचार्य नारद सुदामा
हेरिसबर्ग, पेन्सिलभेनियाँ
१) वसन्त ऋतु ~चैत -वैशाख
पियार
वसन्तोत्सव
विहार
वसन्त
मदनोत्सव
जीवन्त
विशाल
इन्धन शक्ति
वैशाख
२) ग्रीष्म ऋतु ~जेठ -असार
यौवन
ग्रीष्मको सौर्य
ओधान
ग्रीष्म छ
सर्पको दाँत
तीक्ष्ण छ
प्रगाढ
उद्यमी दीप्ति
आषाढ
३) वर्षा ऋतु ~श्रावण -भाद्र
उमङ्ग
सृष्टिको शोभा
वर्षाङ्ग
वृष्टिमा
हर्षोल्लास छ
सृष्टिमा
किरण
अरुणी प्रभा
श्रावण
४) शरद् ऋतु ~असोज -कार्तिक
पहाड
पर्वोत्सवको
बहाड
अधर
फुल्ने पद्मका
हो शरद्
मार्मिक
सौन्दर्य बाग
कार्तिक
५) हेमन्त ऋतु ~मङ्सिर -पुस
उद्वेग
हेमन्ती ठिही
छ तेज
हेमन्त
धरणी श्वेत
अनन्त
तुवाँलो
पुसको तुस
दियालो
६) शिशिर ऋतु ~माघ -फाल्गुन
धिक्कार
शिशिर आँधी
चित्कार
शिशिर
मन्द संस्पर्श
समीर
माघको
ओसिलो इन्दु
रातको