पढ्छौँ लेख्छौँ -बाल गीत

जय हुमगाइँ
क्यानाडा
पढ्छौँ साना नानी हामी
पछि बन्छौ ज्ञानी
पढ्छौँ लेख्छौँ खेल्छौँ अनि
राम्रो लिन्छौँ बानी।
कहिले पनि रिस राग
गर्ने छैनौ हामी
स्कुल जाँदा रमाउँदै
गीत गाउँछौ हामी।
गोलो घेरा बनाउँछौ
रुमाल लुकाई खेल्छौ
बल खेल्छौ कुनै बेला
लुका-छुपी खेल्छौ।
सिकेका कुराहरूको
खेल बनाई खेल्छौ
जानेनौ यदि भने
त्यसलाई फेरि खेल्छौ।
पिर परे साथीभाइलाई
अङ्कमाल गर्छौ
खुसी राख्न प्रेम पूर्वक
मीठा गीत गाउँछौ।
कुरा काटी साथीभाइलाई
फसाउने छैनौ
सताएर कहिले पनि
मज्जा गर्ने छैनौ।
एउटै सोच एउटै बिचार
एउटै हाम्रो चाहना
खुसी रहुन् सबै जना
यही छ हाम्रो कामना॥

Leave a Reply

Your email address will not be published. Required fields are marked *