परिकल्पना गरौं
अर्जुन प्रधान
मिनिसोटा, अमेरिका
परिकल्पना गरौं
यो भुगोलको सृष्टि थिएन
न त कुनै स्वर्ग स्थान
न कुनै नर्कको संसार
ध्रुवसत्य मात्र थियो
हामी माथि निलो गगन
त्यसैले विश्व मानवहरु हामी
आजका लागि जिउने प्रयास गरौं ।
परिकल्पना गरौं
भुगोलभित्र भुगोलहीन सिमाना
असम्भव पनि छैन, सम्भावना पनि रहेन
त्यसैले न कुनै देश छ
न त कुनै धर्म नै
न त कुनै ग्रन्थ नै
स्वतन्त्रता, सदभावनाको परिकल्पना गरौं
हामी जिउनु पर्छ शान्तिकालागि ।
हिंशा रहित बन्न
सृष्टिका चार शुर किल्लाबाट
मानव अष्तिपन्जरमा
शान्तिका ओम नम: शिवायः
भनी नारा बुलन्द गराऊँ
त्यसैले विश्व मानवहरु हामी
बाँचिरहेको भुगोलमा हिंशा छ ।
अहिंशाको मार्गमा महामानव
कुनै स्वामित्व ग्रहण नगरि
दुखि सुखि सबमा भाइचारा सम्बन्ध
एक आपसमा सुख साटिदैछ
महामारि र हाँकारहरु विलय हुँदै
अवश्य यी विचारमा सब एक जुट हुँदै
नयाँ विहानीका साथ नौलो मार्ग कोरिन्छ
त्यसैले परिकल्पना गरौं एक चोटी
विश्व भयमुक्त हुँदौ खुसियालीमा छाएको छ ।
पूर्ण परिकल्पना गरौं !!!
एउटा अंकमा मात्र एउटा त्यही पनि सामान्य र सरल कविता पढ्न पाउँदा आफूलार्इ भाग्यमानी लाग्नुको अलवा यो संस्थाको साहित्यको महोलप्रति पनि दया लागेर आयो । यो संस्थाले देख्तै नदेखेको एउटा सानो समूह झकासले यही साता अन्तराष्ट्रिय पुरस्कार वितरण गर्यो तर भूटानी साहित्यको अभिभावकत्वमा रहेको भूटानी साहित्य परिषदको हविगत भने यस्तो छ । कतै व्यक्तिवादी मनोकाँक्षाको सिकार त भइरहेको छैन भूटानी साहित्यको यो संस्था ?
एउटा पत्रिकामा एक अंकको हकदार हुन सफल हुनु भएकोमा कवि अर्जुन प्रधानलार्इ हार्दिक बधार्इ । आगामी अंकहरूमा अरू थुप्रै रचनाहरू पढ्ने ठूलो अभिलासा सहित ।
धन्यवाद ।