परिश्रमी

कुबेर कुईकेल ‘भुवानेटारे’
अमेरिका

निशब्दता र शुन्यता छ मौन छन् गरीब ती
इमान राख्द छन् श्रमी स्वदेश देश भक्त ती
हलो हिलो मकै ढिँडो खटेर दत्तचित्तले
खटे श्रमी परिश्रमी लुटे सबै धनाढ्यले

तितो पिरो जुठो पुरो सुते श्रमी परालमा
धनी भए अझै धनी दरिद्र दु:ख तापमा
छ चाप खान दैनिकी र दीनता जता ततै
दिनौ लियो सितो पिठो परिश्रमै मिठो छ है

बजार बन्द छन् श्रमी छ पेट द्वन्द्व द्वन्द्वमा
जहान भोक खप्द छन् ल नोटको अभावमा
बिहान साहु बोल्दछ चिसो नदी तताउँदै
विरोध हुन्छ मौनता सिमान्त ऊ डराउँदै

छ बाघडोर देशको अमानवीय हातमा
छ भेदभाव वर्गमा र धर्म कर्म जातमा
अभूत रङ्गभेदको अपुर्व रूपभेदमा
अदालती निसाफ त्यो दवाब हुन्छ न्यायमा

ल अन्धकार रातमा मदान्द वीर साहुले
किलो उखेल्छ बासको दवाब हाल्छ धाकले
कपाश बास गाँसको अभेद्य त्यो छ चापमा
भिजेछ आङ वेसरी विदेश खाडि रेतमा

खसी धपाइ खोरको अभूतपुर्व धाक त्यो
नियल्छ गोठ खेतमा भलादमी भएर त्यो
परिश्रमी जतै गए कठोर युद्ध भूमिमा
डटेर युद्ध गर्नु है खटेर जन्मभूमिमा

पञ्चचामर छन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *