परिषदद्वारा भाषा शिक्षण विभागको विस्तार गरिने

डायस्पोरामा नेपाली भाषाको समस्याको दिगो समाधान खोज्न आ-आफ्ना स्थानबाट आ-आफ्नै तरिकालले पहल भैरहेता पनि यो योजनालाई समयसान्दर्भिक परियोजनाका रूपमा अघि बढाउनु पर्ने समयको माग रहेको छ I यही उद्देश्यलाई अघि बढाउँन साहित्य परिषद् भूटानको शिक्षा विभागले २१ मार्च का दिन अर्चुअल माध्यममा एक गम्भीर छलफलको आयोजना गर्यो I डायस्पोराका लागि पहिलो तहको पाठ्यक्रम प्रकाशन गरिसकेको उक्त विभागले भाषा शिक्षण र पाठ्यक्रम जस्ता जटील विषयलाई सबैले एकजुट भएर केन्द्रीकृत मानक भाषा शिक्षाको परियोजना तयार गर्न उक्त विभागलाई विस्तार गर्न र अन्य भाषा, साहित्य र शिक्षणमा संलग्न व्यक्ति र संस्थाहरुसंग सहकार्य गरी अघिबढ्न आह्वान गरेको छ I
बैठकमा विभिन्न व्यक्तिहरूले आ-आफ्ना स्थानमा चल्दैगरेका भाषा शिक्षणका अनुभवहरू र आवश्यकताहरूलाई प्रस्तुत गरेका थिए I आधुनिक शिक्षा मनोविज्ञान,प्रविधि र बालबालिकाहरूको रूचि अनुसारको शिक्षा नीति,पाठ्यक्रम र पाठ्यसामग्री तयार गर्नुपर्ने कुरामा विशेष जोड दिएका थिए I चर्चामा साहित्य परिषद भूटान सबैभन्दा पुरानो संस्था भएकाले र विगतमा शरणार्थी शिविरमा पनि भाषा शिक्षाको एक सफल परियोजना संचालित गरेको, थुप्रै शिक्षक र साहित्यकारहरू जन्माइसकेको, र पुनर्वासमा पनि मानक पाठ्यक्रम निर्माणको अभ्यास गरिरहेको हुँदा उक्त शिक्षा विभागमा हामी सबैले सहकार्य गरेर जानुपर्छ भनेका थिए I
डा. लक्ष्मीनारायण ढकालले जूम होस्ट गरेको यस भर्चुअल छलफलमा साहित्य परिषद भूटानको शिक्षा विभागका संयोजक खिम खतिवडाले उदेश्य र भावी योजनाका बारेमा विस्तृत चर्चा गरेका थिए I डा.खेम नेपालले भाषा शिक्षण सहित हाम्रा प्रकाशित हुने कृतिहरूको मूल्यांकन पूर्वक प्रकाशन गरिनु पर्ने र एउटा मानक निर्धारण गरिनु पर्ने कुरामा जोड दिएका थिए I
आमन्त्रित अतिथि हेरिश्वर्ग, अमेरिकामा निकै बर्षदेखि भाषा शिक्षण योजना चलाउँदै आएका डा. तुलाराम न्यौपानेले स्थानीय शिक्षा निकायसँग सहकार्य गर्दै आएको र हाम्रो परिपाटीमा प्रशिक्षित शिक्षक र कुनै मानक पाठ्यक्रम र पाठ्यसामग्री नभएकाले आएका समस्याहरूलाई उठाए र आफ्ना अनुभवहरूलाई लिएर परिषदसँग सहकार्य गर्न तयार रहेको जनाए I भूतपूर्व शिक्षक ज्वाला रेग्मी र सामाजसेवी नारद अधिकारीले हामी सबैले एकमुष्टमा यस योजनालाई अघि बढाउनु पर्नेमा जोड दिँदै हामी यस योजनामा सहकार्य गर्न तयार छौं भन्ने वचनवद्धता प्रकट गरे I जी वी एल ओ का अध्यक्ष कर्ण गुरुङ ,एस एन के एजुकेशनका संचालक कृष्ण रेग्मी र एथनिक स्कूल(अष्ट्रेलिया) का संचालक मोहन गौतमले आफ्ना संस्थामा भाषा शिक्षणका अवस्थामा आएका समस्या,अभिभावकहरूको निरुत्साहिता र पाठ्यक्रमको अभावलाई र समस्याहरूलाई प्रस्तुत गर्दै केन्द्रीय शिक्षा विभागले मानक परियोजना तयार गर्न अत्यन्त आवश्यक रहेको र आफूहरू उक्त कार्यका लागि सहकार्य गर्न उत्साहित रहेको जनाए I आमन्त्रित अर्का व्यक्ति मातृभाषा संरक्षण समूहका प्रमुख केशव वैरागी माइलो निर्धारित समय भन्दा अधिक समय लागेको र आफ्नो काममा जानुपर्ने हुँदा आफ्ना विचार राख्न नसकेता पनि मेसेज लेखेर ‘परिषद्को र आजको मिटिंगको निर्णय मलाई स्वीकार्य हुने छ’ भनेर जनाएका थिए I ज्ञातव्य केछ भने वैरागी माइलो बालबच्चाहरूका लागि एनिमेशन भिडियोहरू बनाउने परियोजनामा व्यस्त रहेको कुरो जानकारीमा आएको छ ,जो आजको आवश्यकता पनि हो I
कार्यक्रमा शिक्षा विभागका रहल सदस्य भक्त घिमिरे,सोम आचार्य,खगेन्द्र भण्डारी जन्तरे ,डा लक्ष्मीनारायण ढकाल, र परिषद्का सचिव खेम रिजाल आदि थुप्रै व्यक्तिहरू उपस्थित रहेता पनि समयका अभावमा आफ्ना विचार राख्न भ्याएनन् I
अन्तमा भाषा विभागका संयोजक खिम खतिवडाले निकट भविष्यमा पुन: यस वैठकलाई निरन्तरता दिने र अग्रिम कदम चालिने जनाएका थिए भने परिषदका अध्यक्ष गङ्गा लामिटारेले सभापतीय वक्तव्य दिँदै केन्द्रीय मानक भाषा शिक्षणको पाठ्यक्रम र परियोजनामा सहकार्य गर्ने विभिन्न संस्था र समाजसेवीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए I

ज्ञातव्य छ  कि साहित्य परिषदको शिक्षा विभागले भर्खरै डायस्पोराको लागि नेपाली भाषाको पाठ्यक्रम प्रकाशन गरिसकेको छ र अब अग्रिम योजनाहरूमा गतिशील छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *