पर्सिभरेन्स

भानु  ढुंगाना
क्यानाडा

यो तलको सतहमा खोइ के खोजेको हो ?

खोज्दैछ दुनियाँमा दुनियाँले,
एक, दुई, तीन, चार गर्दै,
आठौँमा नवौँ क्रमशः ,जोड्दो तोडले भर्दै
खोज्दैछ विज्ञानले
एक्काइस ,एकाउन्न गर्दै
पुगिसकेको मङ्गल ग्रहमा पर्सिभरेन्स
विज्ञान,यान र दौडान अघिसर्दै।

त्यहाँ ! के छ के छैन?
के छ के छैन यहाँ,
खोज्दै छ जीवनमा जीवन,
खोज्दै छ विज्ञानले ज्ञान र ज्ञानीहरू,
के छ,के छैन! मङ्गल ग्रहमा?
पर्सिभरेन्सले,
के खोजेको हो,तल  सतहमा ?

उही ढुङ्गा, उही माटो, उही हावा, उही पानी,
यस्तै यस्तै, उस्तै त्यस्तै, कस्तो, कस्तो?
मात्र अलग छ यहाँ पृथ्वी र त्यहाँ मङ्गल ग्रह,
खोज्दैछ विज्ञानले ज्ञानको सतह,
साधन पर्सिभरेन्सले
देखाउँदै छ- दृश्य
गराउँदै छ -अवलोकन
सुर्याउँदै छ, हुर्याउँदै छ, पुर्याउँदै छ !
खोज अनुसन्धान गर्दैछ
अर्को -अर्को मङ्गल ग्रहहरूको !
पुर्याउँदै छ पर्सिभरेन्सले
खोज्दै छन् यान विज्ञान र
वैज्ञानिकहरुले।

Leave a Reply

Your email address will not be published. Required fields are marked *