‘पल पल तिम्रो याद आउँछ’ – म्युजिक भिडियो सार्वजनिक

अमेरिकाको सिन्सिनाटी निवासी नव गीताकार गोविन्द लुइँटेलको ‘पल पल तिम्रो याद आउँछ‘ बोलको म्युजिक भिडियो ‘Hamro Aafnai TV‘ नामको युट्युब च्यानल मार्फत गत महिना डिसेम्बरको ३१ तारिख सार्वजनिक भएको छ । गोविन्द लुइँटेलको शब्द रचनामा सङ्गीत र स्वर भूटानका आशिष पोख्रेलले भरेका छन् । सुमधुर मेलोडीले सजिएको यस आधुनिक गीतको म्युजिक भिडियोमा राजेश खनाल र भूमिका अधिकारीको अभिनय रहेको छ भने सङ्गीत संयोजन भूटानका जी० आर० उप्रेतीको र निर्देशन अमेरिकाको रुपेश उप्रेतीको रहेको छ । यस गीतलाई रेकर्डिङ भने भूटानको जी० स्टुडियोमा सम्पन्न गरिएको छ ।

यसरी गीत-सङ्गीत र भाषा-साहित्यमा योगदान दिएर अमेरिकामा बसोबास गर्ने सम्पूर्ण नेपाली समाजका आउँदा पिँढीहरूमा नेपाली भाषा, साहित्य र सङ्गीत जीवित राख्ने ठूलो सम्भावना थपिदिनु भएको छ । वहाँको यो प्रयासलाई हामीले सर्हाना गर्नु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *