पश्चताप
प्रवासी कृष्ण घायल
झक्कास ग्रुप
उनी मेरो समीपमा आएर बोलिन् म तिमी बिना एकैछिन पनि बाँच्न सक्दिनँ । म झर्केर बोलेँ तर म तिमी बिना पनि बाँच्न सक्छु । उनी मेरो अंगालोमा बेरिन आइन् । मैले उसको हात झटारी दिएँ । उसको आँखामा आँसु थियो मेरो ओठमा मुस्कान थियो । उनी घोप्टिएर सुकसुकाउन थालिन् । मैले मौनताको थप्पड मारेँ । उनी चुपचाप थिइन् । म हिँड्न खोजेँ मेरा पाखुरा समाउँदै उनी बोलिन्(मलाई छोडेर कहाँ जान्छौं ? मलाई पनि तिमीसंगै हिँड्नु छ प्लीज……। मेरो रिसले सीमा नाघ्यो म राक्षसी स्वरमा कराएँ । मार्था मेरो पछि लाग्न छाडिदेउm हाम्रो प्रेमलाई एउटा मीठो सपना सम्झ । मार्थाको विवाहको दिन म धेरै रोएँ । मैले त्यस दिन मात्र थाहा पाएँ मार्थाको मूल्य कति थियो मेरो जिन्दगीमा । त्यो दिन खाना नखाई त्यतिकै सुतेँ ।
भोलिपल्ट बिहानै उठें । गाउँ भरी हल्ला चलिरहेको थियो मार्थाले झुण्डिएर आत्माहत्या गरिन्
रे ….. आज म पश्चतापको आगोमा जलिरहेको छु आखिर किन मैले मार्थाको मायालाई बुझ्न सकिन …
Appericated ur writting som. ur writing is really gud. keep on writing hi…..
hi fren im very happy to read ur poem.i like it keep it my fren.