पागलको बस्ती

डमर घिमिरे / अस्ट्रेलिया

पागल बस्तीभित्रकै म एउटा पागल मान्छे
म पागल हुँ म भन्दिन तर, मलाई पागल भन्छन्,
स्वच्छता र निर्मल्ताको दूर्द्रस्टा गाम्भिर्यता
गुमाएर, हराएर गन्तब्यको खोजीमा
सुसुप्त पागल मान्छे न हुँ,
कस्को के नै पो लाग्छ र
उपहासको न्युन आँचल बेरेर
संघर्षको बाटोमा लम्पसार पागल मान्छे म !
पागलको बस्ती पागलको मात्र हैन,
सज्जन र दूरदर्शी पनि बस्ने गर्छन्
तर दुर्दर्शितको नाममा भन्डाफोर गर्छन्,
शासनको होडबाजीमा पथभ्रष्ट हुन्छन्
कोलाहलमा रमाउनेहरू भ्रममा बाँचेका छन्
भ्रमका दूर्गन्धित बादलहरु फिँजाएर
म पागल मान्छे पिसिएको छु,
किचिएको छु मिचिएको छु औ थिचिएको छु,
मलाई पागल शब्द नरमाइलो लाग्न थालेको छ,
सुख्खा छ, उजाड़ छ किम्कर्तब्यबिमुड छ,
टुलुटुलु हेरिमात्र रहन्छ ।
सुक्सुकाँउछ, भुतभुताउँछ, सुस्ताउँछ त्यो,
मेरो शून्य शून्य पागल बस्ती !

Leave a Reply

Your email address will not be published. Required fields are marked *