पागल उपमा
खुल्ला आकाश तोड्ने अनि

धर्ती सब माझ छोड्ने
यस्ता बकमफुसे कुरा मैले
कसैसँग बोल्या छैन, खोल्या छैन
तर पनि जिन्दगीले
कहिले उकाली र ओराली खेदाउँदा
लड्दै, उफ्रँदै, कराउँदै
भाग्ने त पागल होस
भन्दै उनी ठूलो आवाजमा कराइरहँदा
मलाई त्यो उपमा स्वीकार गर्न
एउटा आदर्श विचार मनभित्रैबाट आयो र
सहर्ष स्वीकारी म
एक छुट्टै यात्री बनी
त्यस दिनबाट
उसकै उपमा लिई हिँड्दै छु दोबाटोमा !