पाठ्यक्रम प्रकाशनसम्बन्धि प्रेस विज्ञप्ति

दिसम्बर २१, २०२०

प्रेस विज्ञप्ति

आदरणीय पत्रकार तथा सञ्चारकर्मीज्यूहरू,

यहाँहरूलाई साहित्य परिषद्, भूटान यो अवगत गराउन चाहन्छ कि पुनर्वासमा नेपाली भाषा पठन-पाठनका लागि एउटा पाठ्यक्रमको आवश्यकता खड्किइरहेको थियो । त्यसै आवश्यकतालाई  मध्यनजर गर्दै साहित्य-परिषद्, भूटानका पाठ्यक्रम विकास निर्देशक खिम खतिवडाज्यूको संयोजनमा २ वर्षअघि एउटा ५ सदस्यीय पाठ्यक्रम विकास समितिको गठन गरिएको थियो । गठनसँगै समितिले गहन अध्ययन, अनुसन्धान र विज्ञहरूसँग व्यापक परामर्श गरी प्राथमिक तहको पाठ्यक्रम  निर्माण कार्य पुरा गरेर परिषद्को बोडर्लाइ अनुमोदनका लागि बुझाएको थियो । गत दिसम्बर २० का दिन सम्पन्न बोर्डको पूर्ण वैठकले व्यापक अध्ययन र छलफलका साथै उक्त पाठ्यक्रमलाई अनुमोदन गरी  प्रकाशनका लागि प्रेसमा पठाइसकेको विमोचन समिति यहाँहरूलाई अवगत गराउन चाहन्छ । पुनर्वासमा निर्माण भई प्रकाशन हुनलागेको सम्भवतः यो पहिलो पाठ्यक्रम हो ।

उक्त पाठ्यक्रम समितिको अथक प्रयासपछि प्रकाशन हुनलागेको यस पाठ्यक्रमको आगामी जनवरी २३, तदनुसार शनिवार, अमेरिकी पूर्वीय समयअनुसार विहान ठिक ८ बजे विमोचन हुनेभएको छ । यसर्थ यस कार्यक्रमको व्यापक प्रचार-प्रसार र प्रसारण कार्यमा सहयोग पुर्याइदिनहुन सञ्चार जगतसमक्ष पाठ्यक्रम विमोचन समिति यसै सूचनामार्फत विनम्रताका साथ जानकारी गराउन  चाहन्छ ।

निर्देशक खिम खतिवडाको संयोजनामा गठित पाठ्यक्रम निर्माण समितिमा डा. खेम नेपाल (क्यनाडा), डा. लक्षमीनारायण ढकाल (अमेरिका), सोमनाथ आचार्य (अमेरिका) र खगेन्द्र भण्डारी जन्तरे (अमेरिका) रहनुभएको छ । उहाँहरूको अथक प्रयासबाट नै उक्त पाठ्यक्रम तयार भई विमोचन हुन लागेको हो ।

 

 

श्री खिम खतिवडा
निर्देशक
पाठ्यक्रम अनुसन्धान तथा निर्माण समिति
साहित्य परिषद्, भूटान

 

श्री गंगा लामिटारे
अध्यक्ष
साहित्य परिषद्, भूटान

 

Download the press release as pdf

Leave a Reply

Your email address will not be published. Required fields are marked *