पानी-पानीमय जगत
नारद तिम्सिना (नाति)
ओहायो, अमेरिका
पानीकै बिन्दुहो श्रोत; पिण्ड जीव अजीवको।
स्थावर जङ्गमा तीर्थ; वायुमण्डल भित्रको ॥ १॥
पानी अत्यन्त शीताङ्क; देन प्राण बतासको ।
तेज धड्कन चल्दोछ; परम हंस स्वास यो ॥२॥
पानीले बनिने ढुङ्गो; ढुङ्गो तरल धातु भो ।
घस्रिने बुडने उड्ने; हिँड्ने देह प्रसिद्ध यो॥३॥
नदी जलासये कुम्भ; शीत बिन्दु र नीरले ।
थोपा वाफ छिटा वृष्टि; असिना हिमपातले॥४॥
सिँचाइ बाडिको भेल; शान्ति पार्छ शिरीशिरी ।
जन्मिने उब्जिने खाँने; उम्रि बढ्ने भाराभरी ॥५॥
भवमण्डल लोकालोक्; जलकै पूर्ण योग छ ।
बोट वृक्षादिका माथि; पानी चढेर फुल्दछ ॥६॥
फूल बुँद हुँदै गाछ; गर्छ आकर्षणै अनि ।
त्यहीँ खुस्बुबनी हर्दम्;छर्छ सुगन्ध सर्सरी ॥७॥
जन्म अन्त्य जरा व्याधी; प्युने पनीत एक छ ।
ज्यूने सार महातत्व; औषधी जलमात्र छ ॥८॥
पर्वत वन आधार ; हिमाचल र कन्धरा ।
प्रयुक्त जलधाराले; देव-पितृ जलाञ्जलि ॥९॥
मूल सिम कुवा धारो; झर्ना नाला र पोखरी ।
खोल्सा सजीव भएर; बडेमा सिन्धुकासरि ॥१०॥
वात पित्त मजा रक्त ; हुँदै वीर्य बराबर ।
जिब्रो नाक मुख काँन; सुषुम्ना छ सबैतिर ॥११॥
देखावटी उँधो बग्ने ; माथि शिखर चुम्दछ ।
बिन्दु बिन्दुविकाशीदै; त्यै नीर नर बन्दछ ॥१२॥
प्राण पान उदान् व्यान;नाग समान कृक्कल ।
कूर्म देवदता वायु ; दसौँ नाम धनञ्जय ॥ १३
पानीमै सृष्टि सिर्जन्छ; पानीले यान चल्दछ ।
वास गाँस र तैलादि; पानी कपास बन्दछ ॥1४॥
पानीको देन यो सारा; रहेछ लोकमा भरी ।
के कति सार्थजन्नेछ;जिज्ञासा मनमा घरी ॥१५॥
संक्षिप्त मन-मस्तिष्क;जुट्यो जीवनमा गुनि ।
विश्व भुल्भुलभो कान्ति;अनमोलभयो अिन॥१६॥
सबै चुर्लुम्म डुवेको ; एकै फगत यो सब ।
छैन कुनै कतै केही;पानी-पानीमये जगत् ॥१७॥
मिल्यो वा शब्दमा छन्द;छन्दआयोकि शब्दमा।
देखिने भा छ सामन्य ; अन्त्यनुप्रासले जहाँ ॥१८॥
चारैपाउ रहेकाछन्; अनुष्टुप् छन्दले यहाँ ।
प ते सा गुरु दो चौ मा; लगुखुट्टे सजीकन ॥१९॥
बसेका लहरै आठ ; अक्षरले सुरूबुरू ।
शुद्धछन् वाअसुध्दैछन्;लेख्यामात्र सुरूसरु॥२०॥
थोरैभाव फुरेको हो; शब्दलेखन यो मन ।
दृष्टि पुगोस यो विज्ञ; वर्गसम्म छ वन्दना ॥२१॥