पुनर्वासमा पहिलो नेपाली भाषाको पाठ्यक्रम सार्वजनिक

साहित्य परिषद,भूटानको शिक्षा विभागले डायस्पोराका लागि तयार गरेको पूर्व घोषित पाठ्यक्रम सार्वजनिक भएको छ I परिषदले मिति १/२३/२०२१ का दिन पूर्व निर्धारित कार्यक्रम अनुरुप एक भर्चुअल कार्यक्रममा “डायस्पोराको लागि नेपाली भाषाको पाठ्यक्रम’लाई सार्वजनिक गर्यो I

कार्यक्रम परिषद्का अध्यक्ष गंगाराम लामिटारेका सभापतित्वमा भारत,भूटान,नेपाल लगायत डायस्पोराका विभिन्न देशहरूका प्रतिनिधि,भाषा साहित्य प्रेमी र विद्वत्वर्गहरूले भाग लिए I समारोहमा पाठ्यक्रम अनुसन्धान समितिका सदस्यहरूले पाठ्यक्रमको महत्व,उपयोगिता,विशेषता र भावी योजनाहरू प्रस्तुत गरेका थिए I समितिका संयोजक खिम खतिवडाले पाठ्यक्रमका विशेषता बताए भने अर्का सदस्य भाषा अभियन्ता डा. लक्ष्मीनारायण ढकालले केन्द्रीकृत पाठ्यक्रम र समग्र योजना अघि सार्न आवश्यक रहेको जनाए I यसैगरी सोम आचार्यले पाठ्यक्रमको उदेश्यलाई स्पष्ट पारेका थिए I कार्यक्रममा नर्वेबाट प्रतिनिधित्व गर्ने रमेश गौतमले उक्त पाठ्यक्रम गहन अनुसन्धान र अध्ययनबाट निर्मित भएकाले सबैकालागि उपयोगी सिद्ध हुने जनाएका थिए I

त्यसैगरी संचालित हुँदै गरेका भाषा कक्षाहरूका संचालकहरूले पाठ्यक्रमको अभाव रहेका बेला परिषदले त्यो आवश्यकतालाई पूर्ति गर्ने कदम चालेकामा धन्यवाद दिएका थिए । तारा दाहालले पाठ्यक्रमको प्रकाशनले नेपाली पठन-पाठनमा सहज हुने विश्वाससमेत व्यक्त गरेका थिए । साथै गोमा अधिकारी र वेदनिधि लुइंटेलले पनि पाठ्यक्रम लोकार्पण गरेकोमा पाठ्यक्रम विकास तथा अनुसन्धन समितिका सदस्यहरूलाइ धन्यवाद दिइन् I शिक्षाविद- एवं समाजका अग्रजहरूले भाषाको पठन-पाठनको यस अभियानमा सवैको सहकार्य हुनुपर्नेमा जोड दिए I बरीष्ठ लेखक भक्त घिमिरेले साहित्य-परिषद् भूटानको अग्रसरतामा एउटा केन्द्रकृत शिक्षा बोर्डको गठन गर्नुपर्नेमा समेत विज्ञहरूले सुझाव दिएका थिए । शिक्षा बोर्डको गठन र भाषा मान्यताका लागि तुरन्त विज्ञहरूहरूको एउटा समावेसी समितिको निर्माण गर्ने परिषद्का अध्यक्ष गंगा लामिटारेले वचन वद्धता समेत व्यक्त गरे ।

उक्त कार्यक्रमा समाजका साहित्यकार हरि निरौलाद्वारा लिखित “छन्द-संगम’ नामक कृतिको लोकार्पण पनि गरियो I उक्त कृति छन्दोवद्ध कविता लेख्नेहरूका लागि धेरै उपयोगी भएको डा. खेमनेपालले बताएका थिए Iकार्यक्रमका मुख्य अतिथि लामो समयसम्म कारितास नेपालमा शिक्षाविभाग्मा काम गरेका श्री लोकनाथ पोख्रेल ,विशिष्ट अतिथि प्रो.हरिप्रसाद अधिकारी,डा.गोविन्द रिजाल आदि वक्ताहरूले प्रवासमा रहेर भूटानीहरूले गर्दैगरेको भाषा साहित्यको योगदानको सराहना गर्दै भूटान भित्र पनि भाषा शिक्षाका लागि सहयोग पुर्याउनु पर्ने कुरामा जोड दिएका थिए I कार्यक्रमको संचालन परिषद्का सचिव खेम रिजालले गरेका थिए भने सुनकोश टिभीका प्रस्तोता नारायण मिश्र,शान्ति अधिकारी र डा.लक्ष्मीनारायण ढकालले जूमलाई होस्ट गर्दै प्राविधिक सहयोग पुर्याएका थिए I

Leave a Reply

Your email address will not be published. Required fields are marked *