पुरस्कारका लागि कृति सङ्कलन सम्बन्धी जरुरी सूचना

भूटानको नेपाली आख्यान विधाको विकास र प्रवर्धन गर्ने उद्देश्यले सन् २०१८ मा स्थापना गरिएको
“हिमटिका आख्यान पुरस्कार” आगामी मिति २५/२६ जुन २०२२ मा आयोजना हुने कार्यक्रममा
वितरण गरिने ब्यहोरा साहित्य परिषद् भूटान यहाँहरूलाई अवगत गराउन चाहन्छ । प्रत्येक ३ वर्षमा
प्रदान गरिने भनिएको यस पुरस्कारका लागी भूटानीहरूद्वारा लेखिएका आजसम्मका उपन्यास
आख्यान विधाका कृतिहरूबाट उत्कृष्ट एउटा आख्यान कृतिका लेखकलाई प्रदान गरिने छ।

एक हजार एक अमेरिकी डलर राशिको हिमटिका आख्यान पुरस्कारको लागि कृति छनौट गर्नुपर्ने
भएकाले आफ्नो उपन्यास कृति १ मार्च २०२२ सम्ममा निम्न ठेगानामा पठाइ सहयोग गर्दिनुहुन
परिषद् भूटानी आख्यानकार ज्यूहरूलाई यसै सूचना मार्फत जानकारी गराउन चाहन्छ ।

१,मूल्याङ्कनका लागि कम्तीमा पनि २ प्रति कृति पठाउनुपर्नेछ ।

२,तोकिएको मितिसम्ममा आएका कृत्तिहरूलाई मात्र मूल्याङ्कनका लागि पठाइनेछ ।

३,मूल्याङ्कन वा छनौटका लागि एउटा स्वतन्त्र समिति गठन गरिनेछ र प्राप्त कृतिहरू
मूल्याङ्कनका लागि छनौट गर्न निर्णायकहरूलाई दिइनेछ ।

४,छनौट समितिको निर्णय नै अन्तिम मानिनेछ ।

पुस्तक पठाउने ठेगाना
Ganga Adhikari
2979 Wallcrest Blvd
Columbus,Ohio-43231

Leave a Reply

Your email address will not be published. Required fields are marked *