प्रकृति

प्रतिमान सिवा
ओहायो, अमेरिका

(बाल कविता)

सारै सुन्दर छ यो प्रकृति,
झनै राम्रो यो विशाल सृष्टि ।

हेर  त  हेर  सारा  पृथ्वीमा,
रमेकाछन् आफ्नै स्थितिमा ।

राता   पहेँला  चरी,  रातै  फूल,
सबै मिली भएकाछन् एकै हुल ।

भुर्र भुर्र यता उति उड्छन्
संसार डुली घर फेरि घुर्छन् ।

टपटप  गरी  टिप्छन्  अन्नका दाना,
बाँडी चुँडी खान्छन् सबै ठुला साना ।

त्यो सानो राम्रो प्यारो खरायो
एकैछिनमा लौ कता हरायो ।

जाऊ  जाऊ   नानी  हेर   बारीमा,
यता लुक्यो कि उता पस्यो घारीमा ।

रङ्गी   बिरङ्गी   उड्छन्  पुतली,
बार्दलीमा बसी गाउँछन् गौँथली ।

डिलमा  बसी  गाउँछिन् आमा,
कोसेली बोकी आउँछन् मामा ।

फूलै फूल हेरी मन  भयो दङ्ग
हरियालीले ल्यायो नयाँ उमङ्ग ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *