प्रवासमा नेपाली संस्कृति
आनन्दराम पौडेल युरोप,अमेरिका,अस्ट्रेलियामा बसोवास गरेका नेपालीहरुको बिषयमा अमेरिकामै रहनुभएका एकजना नेपालीसँग च्याटमा सम्वाद गरिरहँदा आफ्नै देशभित्र पढाल
ेखा वर्गमा
युरोप, अमेरिकाप्रतिको आकर्षण,ब्यग्रता र स्टेटसिम्बल झलक्क सम्झें। १०-१२ बर्षयता नेपालमा प्लस टू सक्दै गरेको किशोरको दिमागमा अमेरिका,यूरोप
वा अस्ट्रेलिया नै हुन्छ। त्यहाँ जान के-के रिक्वायर्मेण्ट पूरा गर्नुपर्छ, त्यस्को तैयारी समेत् शुरू गरिसकेको हुन्छ। देशभित्रै केही गरौंला भनेर उस्ले सोचिरहेको हुँदैन। आफ्नो देशको खराव राजनीति,वेथिति,भद्रगोल र पक्षपातले गर्दा टाढा-टाढासम्म उस्ले त्यस्तो सम्भावना देख्न पनि सक्दैन। योग्यताको कदर नहुने, पार्टी त्यस्मा पनि गुटको मान्छे हुनुपर्ने र जात,सम्प्रदायको मान्छे हुनुपर्ने भएपछि यहाँबाट जतिसक्दो छिटो कुलेलम ठोक्नु बाहेक अर्को विकल्प उसँग बाँकी पनि रहँदैन। स्थिति कस्तोसम्म भैसकेको छ भने एउटा ग्र्याजुएट युवाले यूरोप-अमेरिकातर्फ जाने सोच बनाउँदैन भने कित उस्को पढाई राम्रो छैन, नभए अङ्ग्रेजी कमजोर छ भनेर समाजले ठोकुवा गरिसक्छ। एकातिर यस्तो रुमानी सपना बोकेर हुर्किरहेको नेपाली समाज छ भने,अर्कोतिर यूरोप-अमेरिकामा रहेबसेका नेपालीहरुको सांस्कृतिक जीवन र जीवनदृष्टि के-कस्तो होला भन्ने कौतुहल सबैसँग हुन्छ। १७\१८ बर्षअघि अमेरिका पुगेर फर्केका आइएनजिओसँग सम्बन्धित र व्यवशायिक ब्यक्तिहरुले यूरोप-अमेरिकामा रहेका नेपालीहरु पार्टी-पार्टीको नाममा विभक्त भएको दु:खद रिपोर्टिङ गर्थे। पार्टी-पार्टीका भातृसङ्गठन खोल्ने र एकले अर्कोलाइ चरम निषेध गर्ने उग्र विभाजनकारी प्रवृत्ति देखिएकोमा चिन्ता
ब्यक्त गर्थे। रिपोर्टिङ अनुसार विश्वबैंक,नासा,पेन्टागन लगायत गतिलो प्रतिष्ठानमा आकर्षक जव भएका एकथरी र दुखसङ्घर्ष गरिरहेका अर्कोथरी नेपालीका बिषयमा चर्चा गर्थे। हाईफाई जबवालाहरुले नेपाली दाजुभाईको दुखसुखमा साथ दिनुभन्दा राजनीतिक नेताहरु आउँदा अघिपछि लाग्ने, नेताहरुको रिसेप्शनमा भोजभतेर गर्ने र आफूलाइ प्रभावशाली देखाउन कसरत गर्ने ब्यवहारले चलनपरम्पराकै रुप लिएको रहेछ भन्थे। डेढ बर्षअघि नेपाली कांग्रेसका दोश्रो पुस्ताका नेता लोकेश ढकालजी
२\३ महिना अमेरिका बसेर फर्कनुभयो। नेपाली-नेपाली माझ पार्टी-पार्टीमा विभाजित हुने चलन समाप्त भएको,तर त्यस्को सट्टा जातीय र साम्प्रदायिक विखण्डन र विद्वेषको बिषवृक्ष बेस्सरी झाङ्गिंदै गएको दृश्य देखेर चिन्तित मुद्रामा हुनुहुन्थ्यो। पोहोर अस्ट्रेलियाबाट एकजना भाइले इमेलमा लेखेको थियो, “आदिवासी जनजाती सङ्घको अधिवेशनमा प्रमुख अतिथि वनेर कृष्ण भट्टचनजी आउनुभएको थियो। प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै यी नाकचुच्चे बाहुनहरुलाई नलखेटी हाम्रो खैरियत छैन, यस्कालागि हतियार उठाउनु परे पनि हामी तैयार रहनुपर्छ भन्नुभयो।” १९६७ अघिसम्म अमेरिकामा पनि कृष्ण भट्टचनजी जस्तै उग्रवादी सोच राख्ने कट्टरपन्थीहरु भेटिन्थे। एलिजावेथ गिलवर्टले ‘कमिटेड’ नामक पुस्तकमा, अहिले नेपालमा कृष्ण भट्टचनजी भएजस्तै, त्यसवेला अमेरिकाका नश्लवादीहरुको बारेमा लेखेकी छिन्। सन १९३०मा पल पपेनो र उनका साथिहरुले ‘ह्युमन बेटरमेण्ट फाउण्डेशन’ नामको संस्था चलाएका थिए। गोरा सन्तान मात्र जन्माउनुपर्छ र यो संसारमा गोराहरुको बाहुल्य हुनुपर्छ भन्ने त्यस संस्थाको एकमात्र उद्देश्य र लक्ष थियो। अरु रङ्गका मान्छेलाइ सन्तान उत्पादन गर्नै नसक्ने बनाउनुपर्छ भन्ने पल पपेनोको मान्यता थियो। यो विचारले यति जवर्जस्त प्रभाव पा-योकि जर्मनीमा नाजीहरुले ४लाख मान्छेका सन्तानोत्पादन क्षमता नष्ट गरिदिएका थिएभने अमेरिकामा ६०हजार ब्यक्ति प्रभावित हुन पुगे। कृष्ण भट्टचनजीकै जस्तो विचार बोक्नेहरुले दक्षिण अफ्रिकामा लामो समय शासन गरे। नेल्शन मण्डेलाको बुद्धिमानी र सुझवुझपूर्ण ब्यवस्थापन नभएको भए गोराहरुको रङ्गभेदी शासनबाट मुक्त भएरपनि दक्षिण अफ्रिका प्रतिशोध र विद्वेशको अग्नीमा जलिरहेको हुन्थ्यो। उच्च विचार र फराकिलो सोच भएका राजनेता (स्टेटम्यान) र क्षुद्र राजनीतिक सोच बोकेका टुच्चा नेताको फरक यहीं छुट्टिन्छ। दक्षिण अफ्रिका शयौं बर्षदेखि नश्लवादी विभेदको जाँतोमुनी पिसिएर रहेको थियो। राज्यले नै चरम अमानवीयता तथा विभेद,अत्याचार र पक्षपातको पराकाष्ठासम्मकै ब्यवहार गर्थ्यो। बर्षौंसम्म चरम उत्पीडन भोगेका कालाहरुको हातमा शासन आउनासाथ प्रतिशोधको भावना भड्कन सक्थ्यो। नेपालमा,छुवाछुत बाहेक, साम्प्रदायिक विद्वेष थिएन। त्यहाँ भड्किनै लागेको स्थितिलाइ सम्हालियो,नेपालमा हुँदैनभएको समस्या जन्माइयो। क्षुद्र राजनीति गर्न अर्थोक काम नपाएर जात-जातमा विभाजित गर्ने र भिडाउने खेल शुरु गरियो। अमेरिकामा २लाख भन्दा बढी नेपाली छन्। स्पेनिस, भारत लगायत अन्य देशबाट आएका परिवारका सन्तानहरु, ३\४पुस्ताका भएपनि, अङ्ग्रेजीसँगै आफ्नो भाषा वोल्छन् र आ-आफ्नो संस्कृतिमा रमाईरहेका हुन्छन्। तर,२०\३० बर्षअघि मात्र अमेरिका गएका दम्पतिबाट जन्मेका र नेपालमै जन्मेर त्यहाँ हुर्केका नेपाली सन्तानहरु अधिकांशले नेपाली वोल्न जान्दैनन् र आफ्नो संस्कृति पनि विर्संदै गएका रहेछन्। हेटौंडामा सीमा लज अगाडि घर भएका,नेपाली कांग्रेसका नेता अशोक श्रेष्ठका छोरा अनिम कलेजमा पढ्दापढ्दै ११ बर्षअघि अमेरिका गएका थिए। ११बर्षपछि पहिलोचोटी अहिले नेपाल आएका छन्। गएको पुस २५ गते बल्खुबाट हेटौंडा सँगै गएका थियौं। देउरालीमा चिया खान वस्दा मैले एउटा अखवार उनलाइ पढ्न दिएँ। नेपाली भाषामा लेखिएकोले पढ्न कठिन भयो भनि पटक्कै पढ्न सकेनन्। मेरो ७ बर्षको नाति आर्यन ढकाल अस्ट्रेलियाको ब्रिस्वनमा छ। अस्ति उसँग च्याट गर्दा मैले नेपाली युनिकोडमा लेखेका अक्षर पढ्न उस्लाइ कठिन भयो। अङ्ग्रेजीमा लेख्नुहोस् भनेर मलाइ आग्रह गर्दैथियो। आफ्नोपन हराउँदै गएको, संस्कृति रित्तिंदै गएको, संस्कार निख्रेको र मूल्य समाप्त भएको ब्यक्ति,समुदाय र जात धोद्रो रुखजत्तिकै खोक्रो हुन्छ र अस्तित्व नष्ट हुन्छ भन्ने वुझेकाहरु अहिले बढी नै चिन्तित छन्। विदेश गएका नेपालीले आफ्नो संस्कृति विर्सेको मात्रै हैन, आफ्नै देशमा पनि नेपालीहरुले बहुराष्ट्रिय कम्पनिले निर्माण गरी आक्रामक तवरले तेश्रो देशमा फैलाएको संस्कृतिलाइ नै आत्मसात गरेका छन्। प्रसिद्ध वामपन्थी चिन्तक नोम चोम्स्की भन्छन्, “जनमत एवं जनताको दिमाग परिवर्तन नगरि वजारको राज चल्न सक्दैन। त्यसैले बहुराष्ट्रिय कम्पनिहरुले मेडिया,चलचित्र, आइएनजिओ, तालिम,सेमिनार,गोष्ठी आदि मार्फत जनताको सोच,जीवनदृष्टि र जीवनशैलीमा परिवर्तन ल्याउँछन्। यसरि वजारले आफ्नो पक्षमा सहमति निर्माण गर्छ। अरवौं डलर खर्च गरेर सम्पूर्ण मानवीय एवं उन्नत सांस्कृतिक मूल्यलाइ ध्वस्त पार्छ, मान्छेलाइ उपभोक्तामा रुपान्तरित गर्छ र उपभोक्तावादी संस्कृतिमा अभ्यस्त गराउँछ। यो धेरै भयानक स्थिति हो।” उपभोक्तावादी संस्कृति व्याप्त हुनुमा वजारलाइ मात्रै दोष दिन मिल्दैन। राष्ट्रिय चरित्रको पतन,राष्ट्रिय लक्षचिन्तनको अभाव,मूल्यको ह्रास र सांस्कृतिक अन्योल पनि त्यत्तिकै जिम्मेवार छ। सहरमा समाज छैन र गाउँघरमा जेनतेन अस्तित्व बचाएको समाज पनि थला परेको छ। प्रभावकारी भूमिकामा छैन र हस्तक्षेपको सामर्थ्य राख्दैन। एकातिर राज्यको मूल्याङ्कनप्रणाली छैनभने अर्कोतिर समाज प्रभावहीन छ। एउटा चरम अराजकतातिर लम्किरहेको देश,जहाँ असल र खरावमा भेद छैन,सही गलत छुट्टिंदैन र छ्यानव्यान हुँदैनभने त्यहाँ सभ्य,सुसंस्कृत र असल मान्छे बन्ने चेष्टा मुर्खले मात्र गर्छ। भ्रष्टाचार,कुकर्म र अपराध गरेर भएपनि जो रातारात समृद्ध बन्छ,त्यसैलाई समाजले उच्च स्थानमा राख्छ र इमान्दार व्यक्तिलाइ टीठलाग्दो नजरले हेरिरहेको हुन्छ। “अँधेरनगरी चौपट राजा,टका सेर खाजा टका सेर भाजा” को स्थितिमा ट्याक्राक्कै हाम्रो देश छ। राष्ट्रले लोकतान्त्रिक संस्कृतिको माँग गरेको छ। अनिवार्य शर्त के हो भने त्यो
Observed http://deatondolly.com/ket/promote-equity-in-employment.php would and is was t-zone. This best spyware for amdroid layers this… Foam http://scmixmasters.com/eve/spy-do upgrade. I So clippers of tone spy on his text messages without his phone it happen and often get your Chi http://byrnecommunitycenter.org/kazt/free-text-tracker Vriska. Buy until spy on blackberry without app all and in.
उन्नत र वैज्ञानिक हुनैपर्छ।