प्रेमयुग

खेम रिजाल
ओहायो, अमेरिका

तिमीलाई हृदय दिन्छु
मलाई तिम्रो साथ चाहिन्छ
ता कि म तिम्रो मायाको गर्भिणी बन्न सकुँ
युगदेखि युगसम्म, अनगन्ती समयसम्म
तिम्रा अनेक रूपहरूसित प्रेम गर्न सकुँ ।

ती आँखाका भाकाहरू बुझ्न
दिलका भावहरू पढ्न
प्रेमिल आलापहरू गुनगुनाउँदै
एक आपसमा पोखिएर
प्रमाण साबित गर्न सकुँ
तिमीबिना म कहिले एक्लै बाचेको छु र ।

आगमनको सङ्केतले
आँधिहुरी लर्खरावस,
ढुकढुकी भर्भरावस,
अनि यो कम्पन मनमा,
चञ्चल तनमा,
निश्चित पाहुनाले राज गरोस्
ता कि म रातकी रानी भएर
निर्वष्त्र घोलिन सकुँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *