प्रेम दिवसको सन्दर्भमा

के०सी० सान्दाइ
एड्लेड, साउथ अष्ट्रेलिया

(छन्द: तोटक)

हर साल मिली गरु प्रेमपुजा
सबकल्मसती गरुँ नासधुजा।
जुटि साथ दुबै एकबद्ध बनौँ
जति यूग बिते पनि धीर बनौँ।।

सँगसंगै गरौँ सब कार्यहरू
अनि प्रेम सुधा रसराग भरूँ|
बन फूल तिमी म हु मालि सधैँ
फुल बाटिकमा अति सुन्दर भै।।
बसछेउ गई मन भन्छ प्रिया
सरसेवनगर्मन भन्छ प्रिया।
बुझयो मनको सब बात मिठो
नगरेर ढिला बडसामु छिटो।।

अब दील खुला गर छेउसरी
कर बन्दनले कस राग छरी।
मन घायल भो तिमि हाँसि दिदा
तन वीलिन भो तिमि नाचि दिदा।।

गर नेत्र खुला किन बन्द भयो
अनि ओठहरू किन मन्द भयो।
गर ख्याल कहाँ कमि के छ प्रिया
पुछ माथभरी पसिना छ प्रिया।।

अब सुस्त सगै उठि ख्याल गर
सब ठिक्क गरी अनि राग भर।
खिल सुन्दर ती अब फूलपरी
सिच अत्तर लौ सब अङ्गभरी।।

बन सागर झैँ अति धीर हुने
सब मानवको अनि दील छुने।
तनको धनको सबका मनको
गर ख्याल सधैँ सब सज्जनको।।

सबका दिलको अब सारथि भै
गर बात मिठो रुप पारखि भै।
शिव ब्रम्ह हरी पनि साँमु भए
सब मोहित छन्तिमि साँमु गए।।

भवमान भमा सब मानवमा
तिमि राज हुने सबका दिलमा।
कति सुन्दर त्यो रुपको महनी
मत भन्छु सधैँ रुपकी जननी।।

दिन रात सधैँ तिमिमा मनगै
तनले त सबै दिल अर्पण भै।
महनी रुपको गर खेतिपरी
दिलको तकिया तिर ढल्की वरी।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *