बदलिएको मानव स्वभाव

गंगाराम रिजाल
टेनिसी,अमेरिका

जन्म्यो बालकत्यो युवा हुनगयो यौवन बयस्कै तिर !
बन्दै जीवनमा जवानि पछिता बूढोहुने आखिर !!
घुम्ने यो रितले सबै यसरीनै सत्कर्म दुष्कर्ममा !
चल्ने चक्करमा छ जीवनअहो ! बुझ्नुछ आफैँयहाँ !!

बारी,खेतभरीछ टम्म फलका छन् बोट लाखौँजति !
देखीँदैन भरीभरी ढिकुटिमा आधा सधैँ मन कति !!
खोलाझैँ बहने गरेपनि कहाँ मान्दैन आफ्नो मन !!
कस्तोहो दुनियाँ अचम्म मपरेँ पुग्दैन साँच्चै धन !!

भो भो पूर्णभएँ छ टम्म घरमा भन्दैनहै मानव !
लम्की चम्की दगुर्छ लोभपथमा सन्तोषनै के अब !!
यात्रा वैभवकोछ यात्रु विचरो चौतारिमा बस्तछ !
मेरो यो भनि मख्खभै हरघडी बुझ्दैन है मस्तछ !!

सम्पत्ति गहना अनेकथरिका जुट्लानि द्रव्यै कति !
सन्तुष्टि मनमा नभैकनसबै के हुन्छ आफ्नै गति !!
पाईन्छन् नवरत्न हारसुनका चाँदी,मुगा,मोती नै !
हुन्छन् ब्यर्थ सबै पुगिन्छ तटमा जाँदैन त्यो साथमै !!

ढाकेको कलिकालले धनमुखी बन्दैगयो मानव !
हेर्ने छैन कदापी भाई बहिनी हुन् बन्धु वा बान्धव !!
हेर्दा ज्ञानीछ शास्रको गहकिलो झोलाभरी पुस्तक !
हाऊभाऊ गरेर बोल्छ नबुझी रित्तोछ है मस्तक !!

हेर्ने बाहिर मात्रछन् टुलुटुलु देख्दैन भित्रै तर !
अन्धोझैँ जबहुन्छ हैकमसँगै आफ्नोभने के छर !!
भर्नेपेटछ साथमा अरूकति होलान् गरीबी धनी !!
आफैँ हूँ धनमान्यले गजबको इन्सान ठान्ने अनि !!

चिन्नुछैन नसंझने नजिकको कोहुन् पराईहरू !
गर्ने आदर सँझिए मलिनभै हो बुद्धिमानी बरू !!
त्यागीद्वेष,कलंक,भावमनका बाँटीदिए पुग्छहै !!
खोलिएन कुभावले यदिभने मान्छेन हो दुख्छ है !!

भुल्नुहुन्न कदापी भित्रिमनले मिल्थ्यो कतिआदर !
सारा जीवनको अमूल्यगहना के ठान्दथेलौ तर !!
बिर्सीयो ईतिहासको सबकथा फाटीगयो ग्रन्थनै !
लाग्यो झट्ट स्वभावले बदलियो मान्छेत हो अन्तनै !!

झूठो बोल्न रवाफले हृदयमा चट्टानझैँ बन्दछ !
गर्दैछु उपकार याद बहुतै सेवासधैँ भन्दछ !!
माटोछुन्छ बरू पुऱ्याई शिरमा बिस्वासले हाथनै !
के हुन्थ्यो जबराष्ट्रवादी नबने मिल्दैनहै साथनै !!
१०
उर्लीँदो खहरे निरन्तरकहाँ बग्दैनहै बेगले !
ठूलो गर्जनले हुँदैन जलको वर्षापनि मेघले !!
होला धैर्य सुशान्त भावमनमा सौन्दर्य मीठोपना !
बुझ्नुपर्छ खुलेर हुन्छसृजना गर्दैरहौँ संझना !!

छन्दःशार्दूलविक्रीडित

Leave a Reply

Your email address will not be published. Required fields are marked *