बाउको सौन्दर्यचेत

कवि

अमिर सुन्दास
पश्चिम बङ्गाल, भारत

 

बाउ मरेपछि बाउसँगै जलाइएको
सखुवाको दबाज थियो।

मसला भरेको छ:वटा सिसाको गोलीहरू र लत्ता
आमाको पुरानो मजेत्रोको टुक्राको।
भारमाथि सिउरेको
कुनै पनि बेला पड्कनु तयार छ
आगोको झिल्का अलि माथि उठ्न पर्खाई छ।
केकेको मासु खाइएन र
खरायो जरायो मृग
बनेल गोहोरो सालक स्याल
फुलचिवी चितुवा र धर्के बाघ।
बाघको मासु खाए पछि
मलाई स्याल देखि नफरत छ।

सप्पै देखेको छ यो आँखाले
नक्सा छ आँखैमा
कसरी सखुवाको चुर निकालिन्छ
कसरी त्यसलाई खोपिन्छ
कसरी त्यसलाई स्पिरिङ
घोडी लगाईन्छ।
छ कसैकोमा
छ×दुईको चार फुटे सखुवाको बटम ?
चाहियो मलाई।
मेरो नम्बर: ९६० ९८० ९९० ९ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *