बाछिटा (नौ रसमा)
आचार्य नारद सुदामा
पेन्सिलभेनीया.यू एस ए
१~~शृङ्गार रस~~
चाँदनी
अँगालोभरी जवानी
२~~वीर रस~~
उर्लियो
मनको बेग
चुल्लियो
३~~शान्त रस~~
सर्वत्र
बहन्छ साधु
पवित्र
४~~अद्भुत रस~~
गन्धर्व
राग नदीको
सन्दर्भ
५ ~~हास्य रस~~
गधाको
स्वर गायक
भदाको
६~~करुण रस~~
मौनता
मातृ वियोग
शुन्यता
७ ~~रौद्र रस~~
उद्वेग
हेमन्ती हुरी
छ तेज
८~~भयानक रस~~
उदायो
उल्काले मन
उडायो
९ ~~वीभत्स रस~~
सम्बन्ध
दम्भको पीप
दुर्गन्ध