बालगीत

भानु ढुङ्गाना
क्यानाडा

अहिले भन्छ मोबायलले, पानी पर्ने छ।
कैले भन्छ मोबायलले, घाम लाग्ने छ।।
कति हुन्छ वर्षा बादल, भन्दै गर्ने छ।
यति उति कति हुने, भन्दै गर्ने छ।।

अहिले भन्छ आईफोनले, पानी पर्ने छ।
हाम्रा पुर्खा त्यसै भन्थे, पानी पर्ने छ।।
सानु झरी ,ठुलो वर्षा, जनाउँथे पुर्खा
मोबायलमा हेरी भन्ने भयौँ हामी पुस्ता।

विज्ञान पनि यसै भन्छ, पर्माणु छ मान।
ज्ञानको विकास भयो अनि, आयो विज्ञान।।
अहिले भन्छ मोबायलले, टोर्न्याडोको कुरा
भूकम्पको सङ्केत दिने, खोइ त विज्ञान पुरा ?

वर्षा हुने मात्र हो कि , भूकम्पको पनि ?
जल वायु विज्ञान सँग, यही प्रश्न छ नि ?
हुन्छ भने जानकारी, अग्रिम किन हुन्न ?
मर्लान् भरे कयौँ जीव, मनले किन छुन्न ?

दिनु पर्छ सूचना र जिवात्माकै सेवा
गर्नु पर्ने विज्ञानले प्राण वायुको सेवा।।
अहिले हुन्छ जनावटि, कम्प्युटरले गरे।
पुर्खा भन्थे मनै देखि, पानी पर्छ भरे।।

आज चर्का घाम नै छन् भोलि पानी पर्ने।
विना कुनै साधन नभै हाम्रा पुर्खा ठहर्थे।।
अज्ञान मर्छ सहजले, विज्ञान मर्छ तड्पि।
अज्ञानी भई जिउनु छैन, ज्ञानी बन्नु पर्छ।।

पुर्खा खान्थे अर्ज्ञानिक हामी खान्छौँ विषका।
भूगोलको रक्षा गर्न छैन प्रयास अथक।।
जागौँ हामी चलाख बनी सचेत हुनु पर्छ।
शुद्ध भोजन आहार विहार मनले छुनु पर्छ।।

साधन सुलभ सेवा विस्तार विज्ञान विकाश गर्छ।
प्रयोग त्यही गरे पनि शुद्ध भोजन लिनु पनि पर्छ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *