बिचरा कवि
-डेन्जोम साम्पाङ्ग
कवितामा निस्कर्ष
ननिस्किएपछिको
विश्रृंखलित मस्तिष्क,
शब्दहरुको रिनले टुप्पीसमेत
डुबेको मन,
अर्थ खोज्न पल्टाउदा पल्टाउदा
च्यातिन लगेको तन,
म हेरिरहेछु
घण्टाघर छेउको रेलिङ्गमा
ढेसिएर उभेकोछ
सेता बादलले ढाकेको
ताराविहिन त्यो जुनेली रातमा
म सम्झन्छु
उसले बाँच्नको निकास खोजिरहेछ
त्यसैले,
जीवन भुलाउने बाहानामा
फेरि जल्छ
अर्को एउटा सिगरेटसंग
फुर्र फुर्र धुवाँमा
हात नपरेको जिन्दगी
रवि नपुग्नेमा पनि पुग्ने
महान तर विचरा कवि……!
खुदुनाबारी, झापा
बिचरा कवि
त्यो कवि ?
म त होइन ?
कविता लेखौं भन्छु
समयले साथ दिएन
अलिकति फुर्सद
अलिकति आराम
खोजि रहने
यो कवि
बिचरा कवि l