बिन्ती
टेकनाथ नेपाल
पेन्सिल्भिन्या, अमेरिका
आयो पानी लाग्यो झरी भयो वारि पारी,
पशु पक्षी खोज्दै हिँडे ओत लाग्ने छहारी ।
दुना गाईलाई गोठ लगे भैँसी घोडा पाखा,
यो राष्ट्रमा छरिएका भूटानीका शाखा ।
कथा रह्यो अधुरो नै शिक्षा पाउने हेर,
आऊँ जुटौँ सबै जना नगरेर डेर ।
शिविरका दातृ संस्था हात धोएर हिँडे,
विद्यार्थीलाई अनयोल भयो काम खोज्न हिँडे ।
शिक्षा पाउन धौ धौ भयो शिविरमा आज,
स्वयम सेवी सबै आउनु भयो तपाईँ हामी माझ ।
परिवारको पालनपोषण बिल तिरेर हामी,
जति सक्छौ मनले गुण गरौँ सहयोग ठानी ।
सन्तान हाम्रा रोगी छन् रे अब त्यहाँ अहिले,
खुसी मनले दिने भएँ सके सम्म मैले ।
तपाईँ पनि सोच्नु होला आफ्नै सन्तान ठानी,
भूटानीको सोच ठुलो, दयाका छन् खानी ।
स्कुल पढे ज्ञानी बन्छन् रहेका ती सन्तान ,
सकेसम्म कोसिस गरौँ गर्न केही दान ।
आँटे हामीले गर्न सक्छौ भई एकजुट,
आफू बिचमा नल्याइकन अलिकति फुट ।
सोची बुझी राख्नु होला यो कुरालाई मनमा ,
सबै जना कुशल रहनू शान्ति छाओस् मनमा ।