बिन्दु

लक्ष्मी दुलाल 
अमेरिका

भ्रम

यति राम्रो धागोले बुनेको छ
ब्रह्माण्डको अस्तित्व सदियौँ कालदेखि
जहाँ,
भ्रमले युगको बुद्धि लुकाएको छ
(एक कस्मिक डिजाइन )

रहस्य

अन्त्य,अन्त्य रहेनछ
अन्त्यको रहस्य अर्को सुरुवात पनि हो
जहाँ जीवन घुमिरहन्छ
एक अखण्ड चक्र जसरी

कर्म

मौन शक्ति
नदीको कोमल प्रवाह जस्तै
प्रत्येक कर्मलाई यसको बहावमा अभिलेख गर्दछ
तिमीले संसारलाई जे दिन्छौ,
निःसन्देह फिर्ता आउँछ।
जसरी,
जीवनको चक्र घुमिरहन्छ अखण्ड चक्रमा

मृत्युः

घाम डुब्दा छाया लामो हुँदै जान्छ

जान्नुहोस् कि मृत्यु अन्त्य होइन

यो फगत अनन्त चक्र को एक संस्करण

जहाँ जीवन को अध्याय पूरा भई

आत्मा को यात्रा सुरु हुन्छ

अनन्त चक्र मा…

यात्रा:

रातको शान्ततामा,

जब ताराहरू चम्किन्छन्/चम्किरहछन्…

सम्झनुहोस्, मृत्यु पछिको जीवन सपना मात्र होइन

ऋषिहरूले फुसफुसाएको सत्य हो

रातमा वाचा,

कि आत्माको यात्रा जारी छ,

अनन्त प्रकाशमा

बिन्दु:

हृदयको आवाज

सपनाहरूको पीछा गर्दै

टक्क रोकियो

र,
भ्रमको अस्तित्व

अस्तित्वको बोधले सदृश हुन्छ
————————————————-
यात्रा केवल एक बिन्दु मात्र

जसरी सागर बाफ भई

नदी बनी फर्कन्छ

आफ्नै गर्त मा..

Leave a Reply

Your email address will not be published. Required fields are marked *