“भूगोलको नासो”को बिमोचन सम्पन्न

गजलकार रिमाल
गजलकार रिमाल

नेपाली भाषी भूटानी युवा गजलकार दुर्गा रिमालको गजल सङ्ग्रह “भूगोलको नाशो” को बिमोचन यही जुलाई ११ तारिक शनिवारका दिन भव्यताका साथ सम्पन्न भएको छ । भूट्निज एसोशिएशन इन अल्वेरीले अल्वेरी न्यु साउथ वेल्स अष्ट्रेलियामा आयोजना गरेको चौथो आस्ट्रेलियन-भूटानी अंतरराज्यीय फुटबल प्रतियोगिताको फाइनल लगात्तै मिराविना हल, लेभिंटनमाममा गरिएको बृहत् संस्कृतिक साँझबिच सङ्ग्रहको बिमोचन प्रमुख अतिथि सिनेटर पेनी राइट (अष्ट्रेलिया), साहित्य परिषद भूटानका वर्तमान निर्देशक समिति सदस्य हरि सापकोटा, भूट्निज एसोशिएशन इन अल्वेरीका अध्यक्ष तेजु चौहान, काउन्सिलर एलिस, मुरे हाइस्कुलका प्रिन्सिपल रिचाड सेल र उनकी जीवन सङ्गिनी साथै जिल वकेनको हातबाट भएको थियो ।

उक्त सङ्ग्रहको विमोचन कार्यक्रमको आयोजन भूट्निज एसोशिएशन इन अल्वेरी, अष्ट्रेलियाले गरेको थियो भने अनलाइन बजार व्यवस्थापन साहित्य परिषद भूटानले गरेको छ अमेरिकामा भने यस सङ्ग्रहको व्यवस्थापन गजलकार धर्मेन्द्र तिमिलस्ना “क्षितिज”ले गर्ने छन् । यो सङ्ग्रहलाई रोबी फ़ाउन्डेशन अष्ट्रेलियाले बजारमा ल्याएको हो ।

यस सङ्ग्रहको चर्चा परिचर्चा गर्दै सापकोटाले भने, “आमा बालाई देवता तुल्य मान्ने युवा गजलकार रिमालको यो सङ्ग्रह यसरी प्रवासमा आएर प्रकाशन हुनुमा साहित्य परिषद भूटान नओइलाउँदै एउटा सानो पिपिरो पलाएको छ, यो पाउलिन थालेको छ । यो मुनालाई मलजल गर्नु र यसलाई संरक्षण गर्नु, बढाउनु, हुर्काउनु हामी सबैको कर्तव्य हुनेछ”।

गजलकारका अनुसार यो गजल सङ्ग्रहलाई यहाँसम्म ल्याइपुर्याउन नेपाली साहित्यकार प्रकाश आंगदेम्वेले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

कार्यक्रम लगात्तै आफ्ना बिचार राख्दै एसोसिएशनका अध्यक्ष तेजु चौहानले भने, “भाषा, साहित्य र संस्कृति समाजको दर्पण मानिन्छ । समाजमा घट्ने समसामयिक वस्तुस्थितिलाई गजलको माध्यमबाट छर्लगं पारेका छन् सर्जक रिमालले । यी उदाउँदा तारा प्रवासी भूटानी-नेपाली साहित्य जगतमा भविष्यका आशाका किरणको रूपमा लिएको छु।”
चौहानले यस्ता प्रतिभाशाली सर्जक भूट्निज एसोशिएशन इन अल्वेरीका कार्यकारी सदस्यसमेत रहेकोमा खुसी ब्यक्त गर्दै भने, “यस कृतिको बिमोचन अल्वेरीमा गर्न पाउनुमा हामी सबै हर्षित छौ र वहाँको साहित्यिक यात्राको सफलताको शुभकामना दिन चाहन्छौं।”

समारोहमा आफ्ना केही गजलहरू प्रस्तुत गर्ने क्रममा बोल्दै गजलकार रिमालले यो विदेशी भूमिमा पनि हाम्रो भाषा साहित्यको संरक्षण गर्नु पर्छ भन्ने सन्देश दिन नै यो सङ्ग्रह प्रकाशन गरेको बताए।

यस गजल सङ्ग्रहलाई साझा आवाज तथा Bhutaneseliterature.com अनलाइन मार्फत पनि लिन सकिने छ।

कार्यक्रमको संक्षिप्त दृश्य हेर्नुहोस्:

मेरो गजल संग्रह “भूगोलको नासो”को बिमोचन कार्यक्रम

Posted by Durga Rimal on Wednesday, July 15, 2015

Leave a Reply

Your email address will not be published. Required fields are marked *