बेथितिको उत्सव अर्थात् बर्थडे उत्सव

टीआर रेग्मी-सिराक्युज-न्यूयोर्क

किन गरिन्छ यो

बेथितिको संस्कार

बर्थडे उत्सव-

न मिल्छ बार, समय र पूर्ण मुहूर्त

यदि मिल्यो भने पनि

अवश्य नै

साल त मिल्दैन नि

हो !

सबैलाई थाहा छ

बितेको समय फर्कदैन

फेरि

किन मनाइन्छ यो बेथितिको परम्परा ?

यदि कसैको मह्त्व छ भने

प्रत्येक दिन छ

प्रत्येक पल छ

र हुनुपर्छ पनि

मलाई

अरुले जस्तो गोहीको आँशु झार्नु छैन

कुनै दिवसको प्रवाह छैन

दुनियाँलाई ढाट्नु छैन

यो बेथितिको निरन्तरता दिनु छैन

दुईचारवटा क्यान्डी र केक

अनि एक धरो कपडासँग

जीवनको के सम्बन्ध हुन्छ?

के अर्थ हुन्छ?

कोसिश गर्ने छु

साथ दिन सबैको दुःखमा

सुखमा हाँस्न नपाए पनि

मलाई

प्रत्येक दिन मह्त्वपूर्ण छ

प्रत्येक पल अमूल्य छ

केवल मेरा लागी मात्र होइन

सम्पूर्ण मानव अस्तित्वका लागि ।

अगष्ट १२, २०१२

Leave a Reply

Your email address will not be published. Required fields are marked *