बेलडाँगीको छाप्रो पिँढीमा
हेम गुरागाईं
नेपाल
एउटा छोरो चेम्गाङ् जेलको चिसो छिँडीमा
आमा रुन्छिन् बेलडाँगीको छाप्रो-पिँढीमा ।
बाजे मरे हुरी चल्दा रुख ढलेर
एक्लै भैयो पुनर्वासको हुरी चलेर ।
एउटा छोरो…
आमा रुन्छिन्…
माथिबाट कालो कौवा झर्यो भोटको
सधैँ दुख्ने कहानी छ मनको चोटको।
एउटा छोरो…
आमा रुन्छिन्…
परायले नाफा हेर्छ, दया जान्दैन
काठमान्डुले आइडी-फोटो दिन मान्दैन ।
एउटा छोरो …
आमा रुन्छिन्…
कहानीमा शरणको मरण लेखियो
तिम्रो दिगो समाधान पनि देखियो ।
एउटा छोरो…
आमा रुन्छिन्…
थाहा छैन आइ.डी. कार्ड केले रोक्ने हो?
छाप्रैभित्र मरे पनि कसले देख्ने हो?!
एउटा छोरो…
आमा रुन्छिन्…
घाँटी थिची गोहीका ती आँसु नझार
आँसु लाग्ला दुखियाको न्याय नमार ।
एउटा छोरो …
आमा रुन्छिन्…
उत्कृष्ट गीत पढें दोहोराएर
गीत भित्र आफैं छु जस्तो लाग्यो
यस्तो मिठो गीतका गीतकारलाई मनैबाट नमन🙏
WA WA
Ramro xa
गीतका शब्दले मन छोयो । साह्रै राम्ररी उतार्नु भो