भकुण्डो हेरेको सम्झना

सि एम निरौला 
अमेरिका
इच्छे, अर्जुन, महेश, मनोज भन्दै दौडने म
नौ सात मुस्सा र भाइचेन भुटियाको युगमा
कन्दनीले कट्टु बाँधेर प्लास्टिकको गोल खेल्न थालेँ
न टिभी थियो, न मोबाइल
विश्व कपको रमझममा त्यो बेलाको
एक रुपियाँ तिरेर कहिले राईको त कहिले होमजीकोमा खेल हेरियो
राती गोल हेरेकै निहुँमा कहिले पुलिसको
कहिले बाउको हातको चुटाई पनि निकै खाइयो
ढोका बन्द हुँदा झ्यालबाट चोर जस्तो
निकै पटक छिर्न पनि पर्‍यो
बढ्दै गइयो बस्तीका नरेसजीकाबाट
गोल हेरेर आउँदा कैयौँ पटक
आफूलाई रोनाल्डो, रोनाडिनियो  र
रिभाल्डो बनाउँदै तस्करलाई लात पनि हानियो
खै थाहै नपाई रोनाल्डो हुँदै नेमारको फ्यान हुन पुगेको हो कि
राजनीतिमा झैँ भकुन्डोको पनि झोले भएको हो
पत्तै भएन, थाहै भएन !

Leave a Reply

Your email address will not be published. Required fields are marked *