भजन

टङ्क आचार्य
केन्टकी, अमेरिका

समयले प्रभु टाढा बनायो
सपनाको महल खोज्दा खोज्दै
………..:……….:…………:…
समयले प्रभु टाढा बनायो
सपनाको महल खोज्दा खोज्दै
मायामा भुलें, मोहमा भुलें
भौतारिदै सारा संसार डुलें
……………………….. …………..
(न त राम भनें, न त श्याम भनें)
मात्र काम काम भनें
न कसैको भोक मेटें,
न कसैको प्यास मेटें
समयले प्रभु टाढा बनायो
सपनाको महल खोज्दा खोज्दै ॥
……………………………………….
(न मन्दिर पसें, न मस्जिद पसें)
न कसैलाई आस्थाको बाटो देखाएँ
समयले प्रभु टाढा बनायो
सपनाको महल खोज्दा खोज्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *