भद्दाञ्जली
सुदर्शन पोख्रेल
डेनमार्क
खै कसरी भनु,
त्यो तिम्रो श्रद्धा भाव छ भनेर,
मेरो जीवन, मेरो जगत साँच्चै,
मलाई जीवनमा कहिले सम्भाव्य, सद्भाव नराख्ने तिमी,
यो च्युत संसारमा मलाई अच्युत जस्तो ठान्ने,
म गुण र दोषले सृजित जीव ,
देवत्व र दानवत्वबाट निस्किएको मिश्रित जीवन
हो यही हो मेरो जीवन , यही थियो मेरो जीवन
बुझ्न सकेनौ,
तर यदि म तिमी भन्दा अगाडी विलीन भएँ भने,
मेरो नाममा समवेदना नदिनु,
मृत्युमा श्रद्दाञ्जली नदिनु,
किनकि
मलाई थाहा छ
“नैनम छिन्दन्ति,,,,,,,,,,,,,,,,,,,,,,,
,,,,,,,,,,,,,,न सोस यती मारुत।”
म मृत्यु शैंयामा छटपटाएको बेला,
मेरा गुणगान नगाउनु,
मेरो अक्षर शरीरले
तिम्रो भाषा बुझ्दैन,
तिमीले यदि मेरो शरीरमा श्रद्दाञ्जली दियौ
भने
अग्नि दाहमा शीतलता पाइरहेको मेरो आँत
भत्भति पोल्नेछ
र तिम्रो श्रद्दाञ्जली मेरो शरीरलाई
भद्दाञ्जली हुने छ ।
श्रद्धाञ्जली यानिकि, श्रद्धाञ्जसंग दिइन्छ
भद्दाञ्जली यानिकि
जब तिम्रो मनै गहुँङ्गो हुन्छ ।
मलाई जीवन दर्शन सिकाएनौ,
बरु जीवन मर्जन देखायौ,
मेरो लासलाई होइन मेरो आभासलाई बुझ्ने गर
को अगाडी, को पछाडि थाहा छैन
यो क्षणभङ्गुर ,
निःशब्द मेरो भाव बुझ्ने गर,
मलाई तिम्रो आस्था पन्थले नहेर
र
तिम्रो श्रद्दाञ्जली असल श्रद्दाञ्जली बनाऊ
कसैको मृत्युमा
तिम्रो शब्द भारी नहोस्
त्यो तिम्रो एउटा भद्दाञ्जली नबनोस्
उसको मृत्युमा पनि असल
श्रद्दाञ्जली बन्न सकोस्
(नोट: लेखकले (भद्दा +अञ्जली ) मिश्रित शब्द भद्दाञ्जली निर्माण गर्न खोजेको हो ! श्रद्धाञ्जली दिन जाने मान्छेको सोच भद्धा अर्थात् भारी भएको हुँदा भद्धाञ्जली हुन गएको हो।)