नर्वे पुगेका भूटानीले मनाए भानु जयन्ती इन्टरनेटबाट: रेडियो रिपोर्ट
भूटानी शरणार्थीलाई अमेरिका, अष्ट्रेलिया, क्यानाडालगायत सात वटा विकशित देश मिलेर पुनर्वाश गराउन थालेको पनि वर्ष दिन बित्यो । करिब बीस वर्ष नेपालमा कष्ट भोगिसक्दा पनि घर फर्कने उपाय ननिस्किएपछि उनीहरुलाई पश्चिमा देशतिर लग्न थालिएको थियो । नेपाली भाषी उनीहरू नेपाली भूमि छाडेर विरानो मुलुकतिर लाग्दा शिविरदेखि नै रूँदै हिँड्छन् । तर छानाले घाम नओत्ने छाप्रोबाट आधा रातमा घाम लाग्ने युरोपेली मुलुक नर्वे पुगेका शरणार्थीहरूले भने १९५ औं भानु जयन्ती खुब रमाइलो गरेर मनाए । अमेरिकाको न्युर्योकबाट ठाकुर मिश्र ले पठाएको रिपोर्टका साथ सुमन भट्टराई ।
तर्छु चार समुद्र आज सहजै भन्ने इराधा धरी
श्रीरामका चरण र ब्रिन्द्र मनले अत्यन्त चिन्तन गरी
खोइ रामायण त पढ्छु खोइ किताबै छैन। अब त्यो अलेली उहिले केटाकेटीमा पढेकाहरु अल्झेको नि।
१८ बर्ष विताएको शरणार्थी शिविरको छाप्रो छाडेर नर्वेतिर लाग्दा सबै नेपाली चाड–पर्व फेरि पनि मनाइएला भन्ने कसले पो सोचेका थिए र ! तर यस पालीको भानु जयन्तीमा उधुमै भयो । नर्वेको अल्टा सहरमा आयोजना गरिएको कार्यक्रम कम्प्यूटर प्रणालीको सहयोगमा आफ्नै कोठाबाट सपरिवार सुन्न पाउँदा उमेर ढल्केका शरणार्थी पनि दङ्ग परे ।
बिर्सेर आयौँ होला, छोडेर आयौँ होला, सक्यो होला, बग्यो होला। केही कुरोहरुको हाम्रो अस्तित्व रहँदैन होला यो ठाउँमा आएर भन्ने धेरै दु:ख गुनासोहरु जन्मिराखेकोथ्यो… शिविरबाट आउँदा त सपना जस्तो भो। अहिलेचाहिँ अलिली ब्युँजदैछु।
कार्यक्रम गरिएको शहर नर्वेको सबैभन्दा उत्तरमा पर्दछ । तर स्काइपको प्रयोग गरेर पूरै कार्यकमलाई भूटान समाचार सेवाका रमेश गौतमले विश्वभरि एकैसाथ पु–याएका थिए । को–को थिए त त्यस्तो कार्यक्रमका सहभागीहरू ? प्रविधिका संचालक रमेश गौतम
हामीले स्काइपलाई प्रयोग गरिरहेकाछौँ यसकालागि। कन्फरेन्स टक भन्दैछौँ। एकै कम्प्युटरमार्फत् चौबीस जना जति मान्छेलाई हामी अनलाइन इन्भाइट गर्न सक्छौँ र यसरी सम्भव भएसम्म आज हामी चौबीस ठाउँमा भानुजयन्तिको कार्यक्रम एकसाथ बजाउँने प्रयासमा छौँ के।
कार्यक्रममा १७ वटा सामाग्री प्रस्तुत गरियो । कथा, कविता, गजलका साथै आदिकवि भानुभक्त आचार्यले तयार पारेको नेपाली रामायण वाचन अर्कै शहरबाट गरियो । । नेपाल एफएमबाट बज्ने शरणार्थी सरोकारले कार्यक्रमको पूरै रेकर्डिङ काठमाडौंमा इन्टरनेटबाटै ग¥यो । कसरी गरियो त त्यस्तो आधुनिक प्रणालीयुक्त कार्यक्रमको संचालन ?
म पोस्ग्रोनबाट देवी चापागाईँ बोल्दैछु। म यहाँ चिसामा छु, आज प्रोग्रामको बारेमा। तपाईँ कुन गीतमा नाँच्नु हुन्छ? म न्युयोर्कमा बोल्न खोज्दै छु, ठाकुरजीको पी सी मा गरेको हो मैँले। बहिनी हुनुहुन्छ? दिदी-बहिनी(हो त) को हुनुहुन्छ? अनि भाइले के भन्ने सोचेको छ? म एउटा गजल भन्दै छु दाइ। इच्छजीको चाहिँ एक्टिभ छैन तर इच्छजीलाई कल भैरहेको छ।
पुनर्वाशका क्रममा नर्वे पु¥याइएका करिव १६० शरणार्थी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहभागी भएको यो कार्यक्रमलाई अल्टा सहरको नगरपालीकाले प्रायोजन गरेको थियो ।
आत्मसमर्पण गरेको
एउटा गुरिल्लाजस्तै
निन्याउरो अनुहार लिएर
आक्रमण्कारीका सामु
निदाएको छु
एउटा जर्जर निद्रा-
दिवास्वप्नमा निमग्न बनेर
हर क्षण भिज्ने गरेका
अभिशप्त रातहरु
संसारभर छरिँदै गरेका भूटानी शरणार्थीहरूको यस्तो जोश देख्दा उनीहरु भूटानभित्रै अधिकार खोज्ने लडाइँमा पनि सधैं पछाडि नै पर्छन् भन्ठान्नु गलत हुने देखिन्छ ।
सुमन भट्टराई नेपाल एफएम नेटवर्क,
काठमाडौं ।
सुन्नुभयो, पुनर्वासमा यूरोपेली मुलुक नर्वे पुगेका भूटानी शरणार्थीहरुले विश्वभर एकैसाथ मनाएको भानु जयन्तीबारे अमेरिकाको न्युर्योकबाट ठाकुर मिश्रले पठाएको रिपोर्ट । यससम्बन्धी विस्तृत सामाग्री हामी पर्सि शनिवार शरणार्थी सरोकार कार्यक्रममा समावेश गर्ने छौं ।