भानु जयन्ती मनाउने सम्बन्धमा

30/06/2010

धेरै लामो समयदेखि हामी नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाउँदै आएका छौँ । भूटानीहरुको तेश्रो देश पुनर्बास प्रक्रियासंगै यो प्रथा यथावत राख्न निकै चुनौतीपूर्ण भएको छ। तथापि पोहोर साल नर्वेमा आयोजना गरिएको १९५ औँ भानु जयन्ती समारोहसंगै हामीले ‘अनलाइन’को एउटा छुट्टै अभ्यास पनि सुरु गरेका छौँ । यस पाली (29 Asad, 13th July) पनि हामी भानु जयन्ती मनाउने तरखरमा जुटेका छौँ ।

Bhutaneseliterature.com को आयोजनामा यस पाली दुई प्रकारका कार्यक्रम हुने छन्: Bhutaneseliterature.com मार्फत अनलाइन  प्रकाशन र आप्रबासका सुसेलीहरु मार्फत आवाज सम्प्रेषण। Bhutaneseliterature.com यी दुवै कार्यक्रममा सहभागी भइदिनु हुन  सम्पूर्ण इच्छुक  महानुभावहरुलाई हार्दिक अनुरोध गर्दछ । यसका लागि तपाईँ विशेष गरी भाषा, साहित्य र संस्कृतिसंग सम्बन्धित कविता, कथा, गजल, लेखरचना आदि हामीसम्म आइपुग्ने गरी पठाउन सक्नु हुनेछ।  त्यस्तै आफ्ना रचनाहरुको (आफैंद्वारा रेकर्डित) [.mp3] आवाज पनि पठाउन सक्नु हुनेछ।

आशा छ हामी सबैको सहकार्यबाट भाषा, साहित्य र संस्कृतिको संरक्षण र सम्वर्ध्दनको  पृथक डायास्पोरिक इतिहास निर्मित हुनेछ ।

रचना पठाउने ठेगाना: editor.blit@yahoo.com
रचना पठाउने अन्तिम मिति:  8th July 2010.

Ramesh Gautam
Managing Editor
Bhutaneseliterature.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *