भाषा भेष भुलेर पो हो कि?
इन्द्र प्रकाश खवास
अमेरिका
अमेरिका
किन लाग्छ अन्धकार
पूर्णिमाको जून पनि,
किन लाग्छ शून्य आज
सङ्गीतको यो धुन पनि !
आफ्नो भेष, भाषा
भुलेर पो हो कि
अर्कैको देशको भाषा भेष
खुलेर पो हो कि !
लेखक, गायक, सङ्गीतकार
हराएर पो हो कि,
नमिलाएको गिटारको धुनमा
गाएर पो हो कि !