भाषा वेष भुलेर पो हो कि?
इन्द्र प्रकाश खवास
अमेरिका
किन लाग्छ अन्धकार
पूर्णिमाको जून पनि,
किन लाग्छ सुन्या आज
सङ्गीतको यो धुन पनि।
आफ्नो भेष,भाषा पनि
भुलेर पो हो कि,
अर्कै देशको भाषा भेष
खुलेर पो हो कि।
लेखक गायक सङ्गीतकार
हराएर पो हो कि,
नमिलाएको गिटारको तारमा
कराएर पो हो कि।