भाषा-साहित्य
भाषा हुन् ती अनेक व्यक्त गरिने माता-पिता दौलत
लेख्ने मध्यम एक भाव लहरी दोश्रो कला कौसल
सुन्दर स्वच्छ पवित्र भाव रसिलो बग्दो छँदो सर्वदा
किञ्चित शुद्ध तरंग लेखनी हुँदै छचल्किउन नर्मदा
साहित्यको जब हुँदैन छिटो विकास
सारा समाज तबसम्म बनिन्छ दास
आफ्नोपना र प्रतिभा सब लुप्त परी
गर्छन् रजाईं अरु नै अनि झन् भिखारी
साहित्य हो जगतको गतिलो मुहान
साहित्य हो जगतको सब राष्ट्र जान
साहित्य हो जगतको उपकार दान
साहित्य मै सरसिलो बन कीर्तिमान
हाम्रा यी वार प्रतिभा छरपष्ट पारी
साहित्य-प्रेम भवमा विधिले उमारी
पाली बढाई मलजल् गरी फूल् फलाई
साहित्य अमृत छिटून् अब विश्वलाई