भिन्न विचार

कृष्णदास भण्डारी ‘काँइलो’ / इडाओ, अमेरिका

अमेरिकागाउँकै धनी मानिस उनी दुई छोरा वर्ण गोरो
राम्रो स्वभाव जेठाको चैं भिन्न विचार कान्छो छोरो

जेठो खेतमा घरबारीमा कामै गर्न अति खुशी
कान्छो भने आफ्नै प्रकार मन नपराउने कसैप्रति
भन्यो पिताजी भागमा पर्ने हिस्सा छुट्याई देऊ मालाई-
तब बाबुले बाँड़िदिए लाग्यो परदेश कान्छो भाइ-

दुरदेशमा भोग विलासमा सक्यो सम्पत्ति मोजमोजमा
पर्यो अनिकाल देशैभरि हातै रित्तियो पेटै खालि
सुँगुर चराउने काममा जान्थ्यो तल्तल् मेटाउन नकेही थियो
खाली पेट चारो खाई भर्थ्यो कान्छो छोरो-

चारे सुँगुरको खाई बाँच्दा चेतै खुल्यो र बाबु सम्झ्यो
ज्यालदारी नोकरचाकर खाई उभार्छन् म चैं भोकै
सोच्यो मनमा उसले तब फर्की जान्छु बाबु घर
पश्चातापै तर्दै रुँदै घर जान्छ कान्छो छोरो-

शरण परी भन्छ यसो स्वर्गविरुद्ध पिताजीको
दृष्टिभित्र गर्रे पाप योग्य छैन छोरो म ता-
अब उसो तपाईको नोकरसरह राख्नु हवस
पितृ ममता दर्शाउँदै चुम्बन गरे कान्छो छोरो-

हराएको बगालबाट एउटा भेडो भेटेसरि
मरेझैं हराएको पाइएको छ जीवित फेरि
छोरो भेटी गहना पहिराई भव्य भोज भो आनन्दको
झुत्रो झाम्रे भोको मान्छे राजकुमारझैं कान्छो छोरो !

One Reply to “भिन्न विचार”

  1. Bishnu

    म त यो हाम्रो नेपालि सहित्या फाट पनि एती फराकिलो भै सकेको थाहा थिएन आज थाहा भयो| येसरी नै आफ्नो भाषा संग्स्कृति लाइ अघि बदौना सक्दा मात्र हाम्रो हृदया खुशी रहन्छ | सम्पूर्ण लेखक दाजुभाई हरुलाई मेरोबाट मुरी मुरी धन्यबात | त्यस मा पनि पुरानाघरे र भक्त घिमिरेय्ज्यूलाई बधाई छ अघि पनि हजुर हरुको कलम येसरी नै अघि बदौना सरस्वतिमाता ले आशिर्बाद दिहून |

Leave a Reply

Your email address will not be published. Required fields are marked *